सिन्धुपाल्चोक — ईन्द्रावती गाउँपालिकाले आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरोकारवालाबीच विस्तृत छलफल सम्पन्न गरेको छ।

कार्यक्रममा पालिका अध्यक्ष झम्क नेपालज्यूको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष सोभना तामाङ, निवर्तमान अध्यक्ष वंशलाल तामाङ, वडा अध्यक्षहरू, पूर्ववडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, विद्यालय प्र.अ. तथा शिक्षक, गैरसरकारी संस्थाका प्रतिनिधि, बुद्धिजीवी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नीति तथा कार्यक्रममाथि उपस्थित सरोकारवालाहरूले आ–आफ्नो धारणा राख्दै सुझाव तथा टिप्पणी दिएका थिए। छलफलमा शिक्षाको गुणस्तर, पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना तथा स्थानीय स्रोतको उपयोगबारे महत्वपूर्ण बुँदाहरू उठाइएका थिए।

पालिका अध्यक्ष नेपालले सुझावहरूलाई समेटेर नीति तथा कार्यक्रमलाई अझ व्यावहारिक र प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनु भयो ।