x

इन्द्रावतीमा पक्की कोरिडोर निर्माण, भिमटार बगरखेत संरक्षणमा टेवा

१ कार्तिक २०८२, शुक्रबार ०८:५६

रविन दनुवार, कार्तिक ३१
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१२ भिमटारमा बगरखेत संरक्षणका लागि पक्की कोरिडोर निर्माण गरिएको छ।

गाउँपालिकाको २० लाख रुपैयाँको बजेटमा निर्माण सम्पन्न गरिएको उक्त कोरिडोरले इन्द्रावती नदीले हरेक वर्ष गर्दै आएको बगरखेत कटान रोकथाममा महत्वपूर्ण योगदान पु-याउने भएको छ।

पालिका अध्यक्ष झम्कनाथ नेपालका अनुसार सिमान्तकृत जनजाति विशेषगरी दनुवार समुदायले आय–आर्जनको माध्यमका रूपमा प्रयोग गर्दै आएका बगरखेतलाई संरक्षण गर्ने उद्देश्यले पक्की कोरिडोर निर्माण गरिएको हो।

“प्रत्येक वर्ष बाढीले बगरखेत बगाउँथ्यो, यसले स्थायी रूपमा समस्या समाधान गर्ने अपेक्षा गरिएको छ,” अध्यक्ष नेपालले बताउनुभयो।

पक्की कोरिडोर निर्माणसँगै स्थानीय बासिन्दामा खुसी छाएको छ। उनीहरूका अनुसार अब खेतीयोग्य जमिन सुरक्षित हुने र उत्पादनमा स्थायित्व आउने अपेक्षा गरिएको छ ।