२०८३ कार्तिक २१ शुक्रबार
२०८३ कार्तिक २१ शुक्रबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश वित्तीय सूचकमा सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोष, खुद बीमाशुल्क आर्जन, कुल आम्दानी तथा लगानी र कर्जाबाट प्राप्त आम्दानीमा वृद्धि भएको हो।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढेर ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म उक्त कोष ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २१.२८ प्रतिशतले वृद्धि भई तीन अर्ब ५४ करोड आठ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले दुई अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीले लगानी तथा कर्जाबाट प्राप्त गर्ने आम्दानीमा पनि ५.८३ प्रतिशतको वृद्धि गरेको छ। यस्तो आम्दानी बढेर ९४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। यसैगरी, कुल आम्दानी १७.५५ प्रतिशतले वृद्धि भई चार अर्ब ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, कम्पनीको कुल खर्च पनि १९.१८ प्रतिशतले बढेर चार अर्ब ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ। विपत्ति कोषमा २.०९ प्रतिशत तथा जगेडा र सञ्चित आम्दानीमा ११.७८ प्रतिशतको वृद्धि देखिएको छ।

यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानी २०.९३ प्रतिशतले बढेर तीन अर्ब ५७ करोड सात लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अभिकर्ता कमिसन खर्च ३२.०७ प्रतिशतले वृद्धि भई २८ करोड ८४ लाख रुपैयाँ कायम भएको छ।

अधिकांश वित्तीय सूचकमा सुधार देखिए पनि कम्पनीको खुद नाफामा भने गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १५.९५ प्रतिशत कम अर्थात् १० करोड २९ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष ९.७८ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा घटेर ८.२२ रुपैयाँ कायम भएको छ।

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा ल्याएर पूजा गर्ने परम्पराअनुसार धनतेरस पर्व मनाइँदैछ।

यस वर्ष तिथिको घटबढका कारण पाँच दिन मनाइने तिहार छ दिनसम्म चल्ने भएको छ। कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म मनाइने यो पर्वअन्तर्गत विभिन्न दिनमा काग, कुकुर, गाई, गोरु तथा लक्ष्मीको पूजा गरिन्छ।

पण्डित नारायणप्रसाद दुलालका अनुसार आज बिहान सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाउन लागिएको हो। त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।

यस वर्ष त्रयोदशी तिथिमा गरिने कागपूजा र धन्वन्तरी जयन्ती शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा गर्ने कार्यक्रम रहेको छ। कात्तिक २५ गते भाइटीका मनाइनेछ।

धनतेरसका अवसरमा नयाँ धातुका भाँडाकुँडा, सुनचाँदीका गहना, सिक्का, खरेटो तथा धनियाँ खरिद गर्ने चलन छ। मिथिला क्षेत्रमा भने त्रयोदशीको साँझ दीपमालिका गर्ने परम्परासमेत रहेको छ।

धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ। बबरमहलस्थित राष्ट्र बैंकको कार्यालयबाट बिहीबारदेखि सुरु गरिएको सिक्का बिक्री आज पनि जारी रहनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।