२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

काठमाडौं, भदौ १४ । रसुवा क्षेत्रमा पुनः बाढी आएको सूचना प्राप्त भएपछि प्रहरीले नदी तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं–मुग्लिन सडकखण्ड तथा नारायणगढबाट पोखरा जाने र पोखराबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्णरूपमा बन्द गरिएको चितवन प्रहरीले जनाएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्रहरीले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त स्थानबाट टाढा रहन तथा आवश्यक सुरक्षा सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।