
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज एक समारोहबीच कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त, हेरफेर र कार्यविभाजन हुने गरी आवश्यक व्यवस्थाका लागि भएको सिफारिसअनुसार मन्त्री र राज्य मन्त्री नियुक्त गरिएको हो ।
प्रदेश प्रमुख खापुङ समक्ष खिनु लङवा लिम्बूले पर्यटन, वन तथा वातावरण, जीवन आचार्यले भौतिक पूर्वाधार, गोम्बू शेर्पाले आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनाले सामाजिक तथा सपना दर्जीले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिनुभएको हो । यस्तै सपना दर्जी परियारले मुख्यमन्त्री कार्कीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको सपथ लिनुभयो ।
मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार नै पदबाट राजीनामा दिनुभएको थियो । नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाँले प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गर्नुभएको हो ।
गत साउन ६ गते नेकपा ९एमाले०ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
प्रदेश प्रमुखको आह्वानअनुसार अब बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले सम्बन्धित दलहरूको समर्थनसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुपर्नेछ । दाबी पेस भएपछि संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।





