२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

काठमाडौं । नेपालको जीवन बीमा व्यवसायले चालु आर्थिक वर्ष २०८३ को जेठ मसान्तसम्म उल्लेखनीय वृद्धि हासिल गरेको छ। यस अवधिमा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ७७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५० प्रतिशत बढी हो।

बीमा प्राधिकरणको तथ्याङ्कअनुसार यस अवधिमा सावधिक बीमालेख सबैभन्दा लोकप्रिय बीमा योजना बनेको छ। यसबाट मात्रै ७१ अर्ब ६० करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जुन कुल जीवन बीमा व्यवसायको ४०.३१ प्रतिशत हो।

यस्तै, अग्रिम भुक्तानी सावधिक बीमालेखबाट ३३ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ (१८.७८ प्रतिशत), बालबच्चा सम्बन्धी सावधिक बीमालेखबाट २९ अर्ब ३२ करोड १७ लाख रुपैयाँ (१६.५० प्रतिशत) तथा रुपान्तरित सावधिक बीमालेखबाट २० अर्ब ७९ करोड ३१ लाख रुपैयाँ (११.७० प्रतिशत) बीमाशुल्क संकलन भएको छ।

अन्य बीमा योजनामध्ये एकल बीमाशुल्कबाट ७ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ, आजीवन बीमालेखबाट ३ अर्ब ९२ करोड २२ लाख रुपैयाँ, वैदेशिक रोजगार म्यादी बीमालेखबाट ३ अर्ब ८ करोड २८ लाख रुपैयाँ, लघु बीमालेखबाट ३ अर्ब ८ करोड ११ लाख रुपैयाँ, म्यादी बीमालेखबाट १ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ तथा अन्य बीमालेखबाट ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

गत वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए। यस वर्ष अधिकांश बीमा योजनामा व्यवसाय विस्तार भएको देखिए पनि वैदेशिक रोजगार म्यादी बीमालेखतर्फको व्यवसाय भने ३.४४ प्रतिशतले घटेको छ।

समग्रमा भने जीवन बीमा बजार सकारात्मक दिशामा अघि बढ्दै गएको तथ्याङ्कले देखाएको छ। विशेषगरी सावधिक प्रकृतिका बीमा योजनाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको संकेत देखिएको छ।

गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई अनिवार्य रूपले ढाका टोपी लगाउन निर्देशन दिनुभएकाे छ।

निरीक्षण तथा अनुगमनका लागि शुक्रबार अध्यागमन कार्यालय पुगेका गृहमन्त्री गुरूङले कर्मचारीहरूलाई ढाका टोपी लगाउन निर्देशन दिएको त्यहाँका सूचना अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार मन्त्री गुरूङले शुक्रबार ढाका टोपी लगाउन निर्देशन दिएपछि शानिबारदेखि नै केही कर्मचारीले लगाउन सुरू गर्नुभएकाे थियाे ।

पर्यटकहरू नेपाल प्रवेश गर्दा सबभन्दा पहिले देख्ने स्थान भएकाले अध्यागमन कर्मचारीको पोसाक, व्यवहार र सेवाले देशका छवि झल्किने भन्दै गृहमन्त्रीले ढाका टोपी लगाउन भनेको उहाँ जानकारी दिनुभयाे ।

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको बताउनुभएको छ ।

आइतवार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । विश्व राजनीतिमा कम्युनिष्ट तथा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको उहाँको दाबी छ । अध्यक्ष नेपालले संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म कम्युनिष्ट गतिविधिहरू सञ्चालन भइरहेको बताउनुभयो ।

उहाँले ल्याटिन अमेरिकी देशहरूमा वामपन्थीहरूले चुनाव जितेर राष्ट्रपति बनेको र अफ्रिकी मुलुकहरूमा समेत यसको प्रभाव विस्तार भइरहेको उल्लेख गर्नुभयो । उहाँले चीन हाल विश्व राजनीतिको केन्द्रबिन्दु बन्दै गएको समेत बताउनु भयो । अध्यक्ष नेपालले चिनियाँ र भियतनामी कम्युनिष्ट पार्टीका अनुभवहरू मात्र नभई गैर–वामपन्थी शक्तिहरूले गरेका सकारात्मक कार्यहरूबाट पनि सिक्न हिचकिचाउन नहुने बताउनु भयो ।

सहसंयोजक नेपालले भन्नुभयो, ‘अमेरिकामा समेत कम्युनिष्टहरु चल्न थालेका छन् । युरोपका देश देशहरुमा पनि त्यही हिसाबले जुलुस प्रदर्शन भइरहेको छ । ल्याटिन अमेरिकाका देशहरुमा वामपन्थीहरु राष्ट्रपतिमा जितेका छन्, अफ्रिकाका देशहरुमा पनि वामपन्थीको प्रभाव बढिरहेको छ । त्यस हुनाले अन्तर्राष्ट्रिय राजनीतिमा चुनौती त छन्, तर साम्राज्यवादको हालत के छ ? इरानलाई तह लगाउँछु भनेर ठानेका थिए, त्यही इरानसँग सम्झौता गर्न पुगेका छन् ।

पार नलागेपछि पाकिस्तानको सहयोग लिनुपर्छ कि चीनको सहयोग लिनुपर्छ भन्दै फेरि चीनमै पुगेका छन् । चीनमा पुगिसकेपछि आज चीन विश्व राजनीतिको केन्द्र बन्न पुगिरहेको छ । यो सबै सन्दर्भमा हामीले चाहे त्यो चीन होस् या चाहे त्यो भियतनाम होस् या चाहे त्यो अरु कम्युनिष्ट देश होस् या वामपन्थीहरुको सन्दर्भमा होस्, ती देशहरुका पनि राम्रा कुराहरु, वामपन्थीका मात्रै होइन, गैरवामपन्थीहरुले पनि राम्रो काम गरेका छन् भने त्यसबाट पनि हामीले सिक्न पछि हट्नु हुँदैन । त्यसो हुनाले हाम्रा विरोधीहरुमा कुनै राम्रा कुराहरु छन् भने त्यसबाट पनि सिक्न सक्नुपर्छ, उ भन्दा उत्कृष्ट आफूलाई सावित गर्नुपर्छ, त्यस हिसाबले अगाडि बढ्ने कुरामा तपाईँहरु लाग्नुहोस् ।

तपाईंहरुले धेरै महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको छ । तपाईँहरु राजधानी केन्द्रित, जिल्ला–जिल्लामा घर भएका तपाईंहरु विभिन्न कामको कारणले गर्दाखेरि काठमाडौंमा तपाईंको कार्यक्षेत्र भएको छ, संगठनको जिम्मेवारी पाउनुभएको छ । तपाईँहरुको दोहोरो जिम्मेवारी हुनेछ ।

एउटा काठमाडौंको संगठन र चुनाव र अरु बेलामा पनि जिल्लाजिल्ला जुन् जुन् पालिकाको तपाईंहरु हुनुहुन्छ भने, त्यहाँ फोनबाट भए पनि उत्साहित गर्ने, नातागोता आफ्ना मान्छेहरु छन् भने पार्टीको पक्षमा व्यापक रुपमा प्रचार गर्ने, विदेशमा रहेका छन् भने पनि उनीहरुलाई यही पार्टीप्रति आशा जगाउने, यो काममा पनि तपाईंहरु लाग्नुहुनेछ ।’

उहाँले कार्यकर्ताहरूलाई जिम्मेवारीप्रति गम्भीर बन्दै संगठन विस्तारमा जुट्न आह्वान समेत गर्नुभयो । उहाँले काठमाडौंमा रहेर पार्टीको जिम्मेवारी सम्हालिरहेका कार्यकर्ताहरूलाई दोहोरो भुमिका निर्वाह गर्न निर्देशन दिनुभयो । कार्यक्षेत्र राजधानी भए पनि आ–आफ्नो गृहजिल्ला र स्थानीय तहका जनतासँग निरन्तर संवादमा रहन उहाँको आग्रह छ ।

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले साइबर कानून वा अन्य कुनै पनि कानूनको बहानामा पत्रकारिता क्षेत्रलाई त्रसित पार्ने कुनै मनसाय नरहेको स्पष्ट पार्नुभएको छ।

नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले सञ्चारमाध्यमहरू जिम्मेवार र व्यवस्थित बने सरकारलाई साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था नै नआउने उल्लेख गर्नुभयो। सञ्चारमाध्यम बन्द नगरेको आरोपसमेत खेप्नुपरेको अनुभव सुनाउँदै उहाँले सञ्चार क्षेत्रलाई थप जिम्मेवार बनाउने विषयमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो।

मन्त्री तिमिल्सिनाले पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेपको परिणाम राम्रो नहुने विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै सरकारको त्यस्तो कुनै नीति, सोच वा उद्देश्य नरहेको स्पष्ट पार्नुभयो।

उहाँले सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन सरकार सधैं तयार रहेको दोहोर्याउँदै गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउन आग्रह गर्नुभयो। सञ्चार क्षेत्रको हित, संरक्षण र उन्नयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।