
काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुससहित प्रदर्शन गरेको छ ।
विभिन्न दलनिकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन् ।
सरकारले विश्वविद्यालयहरुमा राजनीतिक हस्तक्षेप गरेको उनीहरुको आरोप छ । उनीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर, विद्यार्थी संगठन खारेज गर्न पाइदैन लगायतका प्लेकार्ड बोकेका थिए ।
काठमाडौं । नेपाल र यूएईबीच सम्पन्न दुई खेलको टी-२० आई बाइलेटरल सिरिज एक-एकको बराबरीम सकिएको छ।
मंगलबार टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएसँगै सिरिज बराबरी भएको हो। नेपाललाई जित दिलाउने क्रममा कुशल भूर्तेलले अर्धशतक प्रहार गरे। टस जितेर पहिले फिल्डिङको निर्णय गरेको नेपालविरुद्ध यूएईले खुलेर खेल्न भने सकेन्।
यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। यूएईका भरपर्दा ब्याटर मुहम्मद वासिमलाई हेमन्त धामीले पहिलो बलमा नै एलबिडब्ल्यू धरापमा पारेका थिए। नन्दन यादव र हेमन्तले क्रमशः अलिशान सराफु र हरप्रित सिंहलाई एक-एक रनमा रनमा आउट गराए।
यता अदिब उसमानीले ३० रन बनाए। उनले चार बाउन्ड्री प्रहार गरे। अक्षदीप नाथले अविजित ५३ रनको योगदान गरेका थिए। सोएब खान र निलान्स केसवानी शून्यमा आउट हुँदा यूएई कमजोर अवस्थामा पुगेको थियो। उसले ६ विकेट गुमाउँदा ४८ रन मात्रै बनाएको थियो।
त्यसपछि मुहम्मद अरफानले ३२ रन जोडेका थिए। नेपालका सन्दीप लामिछानेले किफायति र धारिलो बलिङ गरे। उनले चार ओभरमा एक मेडनसहित ६ रन मात्रै खर्चिएर तीन विकेट नै लिएका थिए। हेमन्तको नाममा २ विकेट रह्याे। जवाफमा नेपालले १५ ओभर पाँच बलमा मात्रै २ विकेट गुमाएर एक सय २९ रनको लक्ष्य पूरा गरेको हो।
ओपनर कुशल भुर्तेल र कुशल मल्लले नै ६७ रनको साझोदारी गरेर नेपाललाई सहज अवस्थामा पुर्याएका थिए। कुशल मल्लले १७ बलमा १९ रन जोडे। उनलाई निलान्सले आउट गराएका हुन्। सन्तोष यादव एक रनमा नै आउट भए। तेस्रो नम्बरका दिपेन्द्र सिंह ऐरीले कुशल भुर्तेलसाग अविजित ५८ रनको साझेदारी गरे।
दिपेन्द्रले २३ रनको योगदान गरे। कुशल भुर्तेलले भने ५७ बल खेल्दै १२ चौका र दुई छक्का प्रहार गरेर ८४ रनको योगदान गरेका थिए। सिरिजको पहिलो खेलमा यूएईले डीएलएसु पद्दतिमा ६ विकेटको जित हासिल गरेको थियो।
विराटनगर । कोशी प्रदेशसभाका सत्तारूढ र प्रमुख प्रतिपक्ष सबै दलहरू प्रमुख सचेतकविहीन बनेका छन्।
यसले संसदीय अनुशासन, विधेयक व्यवस्थापन र दलगत समन्वयमा प्रत्यक्ष असर पर्न थालेको छ। प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा-एमालेमा प्रमुख सचेतकको पद खाली छ। यसअघि प्रमुख सचेतकको भूमिकामा रहनु भएका विदुर लिङ्थेप मन्त्री बनेपछि उक्त पद रिक्त भएको हो।
लिङ्थेप गत पुस २२ गते आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको थियो । लामो समयसम्म पनि एमालेले अहिलेसम्म नयाँ प्रमुख सचेतक चयन गर्न सकेको छैन। हाल सचेतक ललिता चौधरीले प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आए पनि औपचारिक नियुक्ति नहुँदा निर्णय प्रक्रिया र संसदीय समन्वयमा कठिनाइ देखिएको छ।
एमालेभित्रै प्रदेश सभा सदस्यहरूले तत्काल प्रमुख सचेतक तोक्न नेतृत्वलाई दबाब दिँदै आएका छन्। यता प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको नेपाली कम्युनिस्ट पार्टी-नेकपाले हाल इन्द्रबहादुर आङ्बो संसदीय दलको नेता र गीता तिम्सिना प्रमुख सचेतकको भूमिकामा रहे पनि उनीहरूको पद अस्थायी रहेको छ।
कोशीमा नेकपाका १७ सांसदमध्ये १३ जना माओवादीका र चार जना एकीकृत समाजवादीका छन्। एकीकृत समाजवादीका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईले केन्द्रले सबै प्रदेशको नेतृत्व एकै पटक टुङ्ग्याउने नीति लिएकाले कोशीमा ढिलाइ भएको बताउँदै संसदीय दलको नेता अझै टुङ्गिन बाँकी रहेको भन्दै दुवैजनाको अस्थायी रहेको बताउनु भयो ।
विशेषगरी सदन सञ्चालन, ह्वीप जारी गर्ने र विधेयक पारित प्रक्रियामा प्रमुख सचेतकको भूमिका निर्णायक हुने भएकाले रिक्तता लामो समयसम्म रहनु ठीक नहुने जानकारको भनाइ छ।![]()
दाङ । लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।
सातौं अधिवेशनको १४औं बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयकमाथि छलफल तथा पारित गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको सभामुख तुलाराम घर्तीमगरले जानकारी गराउनुभयो ।
मंगलबारको बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन पेस गर्नुभएको छ भने यस्तै रामजी प्रसाद घिमिरेले भौतिक पूर्वाधार तथा विकास समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको छ ।
प्रदेशसभा बैठकको विशेष समयमा प्रदेश सभा सदस्यहरूले विकासका लागि बजेट भए पनि त्यसको प्रभावकारी सदुपयोग हुन नसकेको, संघीय सरकारको नीतिले जनतालाई दुःख दिएको, एकसय रुपैयाँभन्दा माथिका सामानमा भन्सार लगाउनु समस्याजनक भएको प्रदेश मातहतमा रहेका डिभिजन कार्यालयहरू प्रदेशप्रति उत्तरदायी हुन नसकेको लगायतका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभा सदस्य शान्ति लोद, निलम पासवान, भगवतीकुमारी थरुनी, सुधाकर पाण्डेय, अम्बिका काफ्ले, रेवती गुरुङ, दिलकुमारी बुढा, बसन्ती न्यौपाने लगायतले मंगलबारको बैठकमा आ आफ्नो धारण राख्नु भएको थियो । लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशनको १५औं बैठक बुधबार दिउँसो १ बजे बस्ने जनाइएको छ ।
![]()
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा नयाँ कारोबार प्रणाली कार्यान्वयनमा आएपछि लगानीकर्तामा उत्साहभन्दा बढी अन्योलता देखिएको छ। नयाँ प्रणालीलाई बजारले सकारात्मक रूपमा लिन नसकेको देखिएको छ। साताको दोस्रो कारोबार दिन पनि बजार घटेर बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक १७।९१ अंकले घटेर २८०७।३१ विन्दुमा झरेको छ। अघिल्लो दिन पनि बजार करिब १३ अंकले घटेको थियो।
आज कुल ३४७ कम्पनीका ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा २१५ कम्पनीको सेयर मूल्य घटेको, ४८ कम्पनीको मूल्य बढेको र ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने उल्लेख्य नाफा कमाएका छन्। सूर्यकुण्ड हाइड्रोपावर र पाल्पा सिमेन्ट को सेयर मूल्य करिब १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। यस्तै शिखर पावर डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक को मूल्य पनि झन्डै १५ प्रतिशतले वृद्धि भएको छ। एशियन हाइड्रोपावर को सेयर मूल्य पनि १० प्रतिशतभन्दा बढीले बढेको छ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यसको ३७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्स को ३० करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
क्षेत्रगत सूचकतर्फ हेर्दा होटल तथा पर्यटन समूह मात्रै १।१६ प्रतिशतले बढेको छ। घटेका सूचकमध्ये अन्य समूहमा १।२७ प्रतिशत गिरावट सबैभन्दा धेरै देखिएको छ।![]()
काठमाडौँ । नेपाली फ्रिल्यान्सर तथा डिजिटल उद्यमीहरूले अब विदेशमा काम गरेबापतको भुक्तानी सोझै ‘खल्ती बाइ आइएमई’ मोबाइल वालेटमा प्राप्त गर्न सक्ने भएका छन् ।
खल्तीले आइएमई लिमिटेड र विश्व प्रसिद्ध भुक्तानी प्रणाली ‘स्ट्राइप’ सँगको रणनीतिक साझेदारीमा यो नयाँ व्यवस्था मिलाएको हो ।
यस सेवाअन्तर्गत नेपालमा बसेर विदेशी सेवा व्यवसायमा काम गर्नेहरूले खल्ती एपबाटै ’भुक्तानी अनुरोध’ पठाउन सक्नेछन्। अन्तर्राष्ट्रिय कम्पनी तथा भुक्तानी प्रदायकहरूले स्ट्राइप गेटवेमार्फत भिजा, मास्टरकार्ड, एप्पल पे, गुगल पे, एसीएच र ई–बैंकिङ जस्ता विभिन्न माध्यम प्रयोग गरी सहजै भुक्तानी गर्न सक्नेछन् ।
यसरी गरिएको भुक्तानी नेपाली प्रयोगकर्ताको खल्ती वालेटमा तुरुन्तै (रियल–टाइम) जम्मा हुनेछ ।
यसअघि अन्तर्राष्ट्रिय भुक्तानी सङ्कलनमा देखिने समस्या र भुक्तानी पाउन हप्तौँ कुर्नुपर्ने झन्झटलाई यस साझेदारीले अन्त्य गरेको कम्पनीले जनाएको छ। यो प्रणाली सुरक्षित हुनुका साथै नियामकको मापदण्ड बमोजिम रहेको बताइएको छ ।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यो पहल नेपाली फिनटेक क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए ।

उनका अनुसार यसले नेपाली डिजिटल प्रतिभा र उद्यमीहरूलाई विश्वव्यापी रूपमा कमाउन र सो रकम तत्काल प्राप्त गर्न सहज बनाउँदै नेपालको डिजिटल अर्थतन्त्र विस्तारमा ठुलो योगदान दिनेछ ।
काठमाडौँ । बेलायतका लागि नेपाली राजदूत रोब फेनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेका छन् ।
मङ्गलवार भएको भेटका क्रममा नेपाल–बेलायतबिच लामो समयदेखिको सम्बन्धलाई कसरी गहिरो र आधुनिक बनाउने भन्ने बारेमा छलफल भएको नेपालस्थित बेलायतको दूतावासले जनाएको छ ।

बेलायतले नेपालको सार्वजनिक क्षेत्रमा शैक्षिक नतिजा सुदृढ गर्न, निजी क्षेत्रका शैक्षिक विकल्पहरूको गुणस्तर र दायरा बढाउन तथा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हेरचाह र सुरक्षामा थप सुधार गर्न ‘पूर्ण–दायराको शैक्षिक साझेदारी’ को प्रस्ताव गरेको छ ।’
काठमाडौँ । अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीन दिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेसन भारतसँगको सहकार्यमा आयोजना गरिएको हो ।
अटिजम एक विकासात्मक अवस्था हो, जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार कौशल र व्यवहारमा विविधता ल्याउँछ । यसमा मुख्य रूपमा सामाजिक सञ्चारमा कठिनाइ आँखाको सम्पर्क कम हुनु, सामाजिक सङ्केत नबुझ्नु, सम्बन्ध विस्तार गर्न गाह्रो हुनु र दोहोरिने तथा सीमित व्यवहारजस्तै एउटै काम दोहोर्याउने, नियम पालनामा कडाइ, विशेष विषयमा अत्यधिक रुचि, सम्बन्धी संवेदनशीलतालगायत देखिन्छ ।
काठमाडौँ । महालक्ष्मी विकास बैंकले युनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात गरेको छ।
यस सेवा अन्तर्गत अब युनियनपे वालेट प्रयोगकर्ताहरूले नेपालभर रहेका महालक्ष्मी विकास बैंकका फोनपे क्यूआर मर्चेन्टहरूमा सहजै भुक्तानी गर्न सक्नेछन्।विशेष गरी चीन लगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूलाई लक्षित गरी सुरु गरिएको यस सुविधाले वैदेशिक पर्यटकहरूलाई नगद बोक्नुपर्ने झन्झटबाट मुक्ति दिने र डिजिटल भुक्तानीलाई थप प्रभावकारी बनाउने बैंकले विश्वास लिएको छ।
साथै, बैंकले वर्ष २०८१ लाई ‘डिजिटल प्रवद्र्धन वर्ष’ को रूपमा मनाउने योजना अनुसार आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष योजना पनि सार्वजनिक गरेको छ।
‘महालक्ष्मी स्मार्ट साथी’ एपमार्फत वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एउटा सफल कारोबार गर्ने ग्राहकहरूमध्ये गोलाप्रथामार्फत तीन जनाले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्न सक्नेछन्।

हाल देशभर १०३ शाखामार्फत ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको बैंकले डिजिटल बैंकिङलाई थप सुरक्षित र समावेशी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले समितिको सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । यसबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले जानकारी दिनुभएको हो ।
त्यसैगरी बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति पनि गठन गरेको छ । उक्त समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्ट रहनेछन् भने अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्याय र भूवनकुमार दाहाल सदस्य रहनेछन् ।
सरकारले थप तीन वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति पनि दिएको छ । जसअनुसार नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक तथा मतदाता ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरिने भएको छ ।![]()





