
काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्न थालेको छ । आज बिहान ५ बजे गरिएको मापनअनुसार जलाशयमा पानीको सतह १५२५.११ मिटर पुगेको छ ।
कूल १५३० मिटर जल भण्डारण क्षमता रहेको यस जलाशयमा पानीको चाप बढेसँगै हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ ।
लगातारको भारी वर्षाले गर्दा अघिल्ला दिनहरूको तुलनामा अहिले जलाशयमा पानीको सतह निकै द्रुत गतिमा भरिँदै गएको छ । पानीको सतह थपिँदै गएर १५२७ मिटर पुगेपछि जोखिमको सङ्केत स्वरूप पहिलो साइरन बजाइनेछ ।
सम्बन्धित निकायका अनुसार पानीको सतह बढ्ने क्रम जारी रहेमा क्रमशः तीन पटक साइरन बजाइनेछ । तीन पटक साइरन बज्नुको अर्थ जलाशयमा पानीको सतह पूर्ण क्षमता अर्थात् १५३० मिटर पुगेको हुनेछ । त्यसपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिस्तारै ड्याम (बाँध) का मुख्य ढोकाहरू खोलिनेछन् ।
नारायण नदीले खतराको तह पार गरेको छ।
राष्ट्रिय विपद् जोखिम जोखिम न्यूनीकरण प्राधिकरणले आज (आइतबार) बिहान सूचना जारी गरी नारायणी नदीले खतराको तह पार गरेको जानकारी दिएको हो।
यसैले चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिम जिल्लालगायत उक्त नदी आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न प्राधिकरणले सुझाव दिएको छ।
सिन्धुपाल्चोक। नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनको संघारमा सिन्धुपाल्चोकमा चुनावी सरगर्मी तीव्र बनेको छ। यसै क्रममा पार्टीका युवा तथा प्रभावशाली नेता सागरकुमार श्रेष्ठले सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट खुल्ला पदतर्फ ‘केन्द्रीय महाधिवेशन प्रतिनिधि’ पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
“वैचारिक नेतृत्व, गतिशील संगठन” भन्ने मुख्य नाराका साथ उहाँ आगामी १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको रूपमा चुनावी मैदानमा उत्रिनुभएको हो।
लामो समयदेखि पार्टी संगठन निर्माणका साथै सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आउनुभएका श्रेष्ठ सिन्धुपाल्चोकमा विकासप्रेमी र संकटका सच्चा साथीका रूपमा परिचित हुनुहुन्छ। बाढीका कारण खण्डहर बनेको मेलम्ची क्षेत्रलाई पुनरुत्थान गर्दै समग्र मेलम्चीको पुनर्निर्माण र पुनर्जागरणमा उहाँले अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। यसका साथै, आजभन्दा करिब २० वर्ष अगाडि सिन्धुपाल्चोकको साबिक २ नम्बर क्षेत्रलाई लोडसेडिङ मुक्त गराउने ऐतिहासिक अभियानको सुत्रधार र नेतृत्वकर्ताका रूपमा समेत उहाँले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ।
विनाशकारी भूकम्पका बेला खुल्ला आकाशमुनि रहेका पीडितहरूका लागि गाउँ-गाउँमा पुगी राहत सामग्री, आर्थिक सहयोगका साथै विद्यालयहरूमा न्यानो कपडा र अस्थायी शिक्षण केन्द्र (TLC) निर्माणमा श्रेष्ठ निरन्तर सक्रिय रहनुभएको थियो। कोरोना महामारीका कठिन दिनहरूमा पनि उहाँले आफ्नै जीवनको पर्वाह नगरी वडा-वडामा अक्सिजन सिलिन्डर, मास्क तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री पुर्याउन ठूलो योगदान पुर्याउनुभयो।
विचार र विकासको अडानलाई सधैँ प्राथमिकतामा राख्दै आउनुभएका श्रेष्ठले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमार्फत पार्टीलाई अझ सुदृढ, सशक्त र गतिशील बनाउनका लागि सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा नेता-कार्यकर्ताहरूसँग अमूल्य सहयोग र मतको अपिल गर्नुभएको छ।
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको छ।
गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो।
भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहिबेर अघि अवतरण गर्नुभएको हो।
भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दैछ।
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट ईश्वरी प्रसाद न्यौपानेले केन्द्रीय महाधिवेशन प्रतिनिधि (श्रमिक कोटा) तर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ।
न्यौपानेले ‘श्रमको सम्मान गरौँ, श्रमशक्ति नै राष्ट्र शक्ति हो’ भन्ने नारासहित उम्मेदवारी घोषणा गर्नुभएको हो। उहाँले आफ्नो उम्मेदवारीमार्फत श्रमिक वर्गको प्रतिनिधित्व गर्ने बताउनुभएको छ।
उम्मेदवारी घोषणा गर्दै न्यौपानेले नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ। पार्टीको संगठनात्मक प्रक्रियामा श्रमिक समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने उहाँको भनाइ छ।
महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराउन न्यौपानेले क्षेत्र नं. २ अन्तर्गतका पार्टी प्रतिनिधि, कार्यकर्ता तथा मतदातासँग मत माग्नुभएको छ।
उहाँले आफ्नो उम्मेदवारीलाई श्रमिक कोटाबाट पार्टीको महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रयासका रूपमा अघि सार्दै समर्थन र मतका लागि अपिल गर्नुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै सिन्धुपाल्चोकमा पनि महाधिवेशन प्रतिनिधि चयनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम अघि बढेको छ। क्षेत्र नं. २ बाट न्यौपानेको उम्मेदवारीसँगै श्रमिक कोटातर्फको प्रतिस्पर्धा पनि चर्चामा आएको छ।
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को खस–आर्य कोटातर्फ मणिलोचन न्यौपानेले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आदर्श मान्दै न्यौपानेले नेपाली कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो र सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
‘सबल नेपाली कांग्रेस, समृद्ध नेपाल’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका न्यौपानेले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने, संगठनमा न्याय र समानता कायम गर्ने तथा नयाँ पुस्ताको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेका छन्।
उनले सिन्धुपाल्चोक क्षेत्र नं. २ का कार्यकर्ताको भावना र आवाजलाई पार्टीको जिल्ला, प्रदेश हुँदै केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
न्यौपानेका प्रमुख एजेन्डामा पार्टी संगठनको सुदृढीकरण, आन्तरिक लोकतन्त्रको संरक्षण, निष्पक्षता, युवा सहभागिता र समावेशी प्रतिनिधित्व रहेका छन्।
महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्दै न्यौपानेले सिन्धुपाल्चोक क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन मतदातासमक्ष आफूलाई मत दिएर विजयी गराउन अपिल गरेका छन्।
मेलम्ची ब्याडमिन्टन एकेडेमीले स्थापनाको १४ वर्षपछि नयाँ नेतृत्व पाएको छ । तेस्रो अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपराज तामाङ, सचिवमा सुरेन श्रेष्ठ, सहसचिवमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा सिताराम दुलाल र सहकोषाध्यक्षमा सैलेश खड्का चयन हुनुभएको छ । सदस्यहरूमा क्रान्ती तामाङ, नारायण सापकोटा, राममणी गौतम, किसन दुलाल र रुद्रशरण श्रेष्ठ निर्वाचित हुनुभएको ऋषि नेपालले जानकारी दिनुभयो ।
त्यस्तै, लेखा समितिको संयोजकमा दिपेन्द्र दुलाल तथा सदस्यमा राजु सापकोटा र सुदर्शन दुलाल चयन हुनुभएको छ । कार्यक्रम कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नवनिर्वाचित अध्यक्ष नारायणलाल श्रेष्ठले मेलम्ची ब्याडमिन्टन एकेडेमीको संस्थागत विकास, खेलाडी उत्पादन र खेल क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले एकेडेमीले हालसम्म बनाएको पहिचान र प्रतिष्ठालाई अझ उचाइमा पुर्याउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
एकेडेमीका निवर्तमान अध्यक्ष कुमार सापकोटाले १४ वर्षको यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण खेलाडी, सदस्य तथा प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मेलम्ची ब्याडमिन्टनको इज्जत र प्रतिष्ठा जोगाउँदै नयाँ नेतृत्वले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै आफू आगामी दिनमा पनि एकेडेमीको साथमा रहने बताउनुभयो ।
त्यस्तै, सचिव ऋषि नेपालले दोस्रो अधिवेशनमै आफू जिम्मेवारीबाट मुक्त हुन चाहेको भए पनि कभर्डहल निर्माण सम्पन्न गरेर मात्र जिम्मेवारी हस्तान्तरण गर्न प्रतिनिधिहरूले आग्रह गरेको स्मरण गर्नुभयो । लामो समयको प्रयासपछि कभर्डहल निर्माण सम्पन्न भएसँगै जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा आफू खुसी भएको उहाँले बताउनुभयो ।
मेलम्ची ब्याडमिन्टन एकेडेमीले २०७८ सालमा औपचारिक रूपमा दर्ता हुनुअघि नै ‘मेलम्ची ब्याडमिन्टन टिम’ का रूपमा गतिविधि सञ्चालन गर्दै आएको थियो । अध्यक्ष कुमार सापकोटा र सचिव ऋषि नेपालको नेतृत्वमा १४ वर्षदेखि निरन्तर गतिविधि सञ्चालन हुँदै आएको एकेडेमीले कभर्डहल निर्माणसँगै विभिन्न प्रतियोगिता आयोजना तथा खेलाडी उत्पादनमा योगदान पुर्याउँदै आएको छ ।
खेलकुदको क्षेत्रमा मात्र नभई एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत पीडित तथा असहायलाई सहयोग गर्नुका साथै बाढीपहिरो तथा विपद्का समयमा प्रभावितलाई समेत सहयोग गर्दै आएको जनाइएको छ ।
यसैबीच, दशैँ र तिहारको बीचमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ । उक्त प्रतियोगिताको अवसरमा निवर्तमान कार्यसमितिको औपचारिक बिदाइ तथा नवनिर्वाचित कार्यसमितिको पदस्थापन गर्ने तयारीसमेत गरिएको छ ।
सिन्धुपाल्चोक — नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनका लागि सुप्रिया चालिसेले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले ‘युवा महिला’ कोटा तर्फबाट आफ्नो सशक्त दावेदारी प्रस्तुत गर्नुभएको हो।
नेपाली कांग्रेसको आधारभूत सिद्धान्त ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ प्रति पूर्ण प्रतिबद्धता जनाउँदै चालिसेले राष्ट्रिय राजनीतिमा युवा तथा महिलाहरूको सशक्त र अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न आफू चुनावी मैदानमा होमिएको उहाँले बताउनुभएको छ।
पारिवारिक तथा राजनीतिक विरासतलाई आत्मसाथ गर्दै अघि बढ्नुभएकी चालिसेको उम्मेदवारीलाई पार्टीका पुराना, अनुभवी नेताका साथै युवा कार्यकर्ताहरूले निकै उत्साहजनक रूपमा लिएका छन्। वर्तमान राजनीतिमा युवा नेतृत्वको खाँचो महसुस भइरहेको अवस्थामा उहाँको उपस्थितिले पार्टी संगठनलाई थप ऊर्जा र गति प्रदान गर्ने विश्वास लिइएको छ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ का कांग्रेस कार्यकर्ताहरूमाझ लोकप्रिय चालिसेले आफ्नो उम्मेदवारीले स्थानीय तहका युवा र महिलाहरूको आवाजलाई केन्द्रीय नीति निर्माण तहसम्म पुर्याउन पुलको काम गर्ने स्पष्ट पार्नुभएको छ। महाधिवेशनको माहोल तात्दै गर्दा उहाँले क्षेत्रभित्र आफ्नो प्रचारप्रसार, भेटघाट र कार्यकर्ता माझको सम्वादलाई थप तीव्र बनाउनुभएको छ।
सिन्धुपाल्चोक, असोज १० — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा वंशलाल तामाङले उम्मेदवारी दिने भएका छन्
चार दशकभन्दा लामो राजनीतिक यात्रा बोकेका तामाङले २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। नेपाल विद्यार्थी संघको इकाइ सभापतिदेखि जिल्ला अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनले २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलनलगायत लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। आन्दोलनका क्रममा उनले पटक–पटक गिरफ्तारी र नजरबन्दसमेत व्यहोरेका थिए।
कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सदस्य, जिल्ला सचिव, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हालिसकेका तामाङ २०७४ सालमा इन्द्रावती गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। उनले गाउँपालिका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारीसमेत सम्हालेका थिए।
तामाङ १४औँ महाधिवेशनबाट महासमिति सदस्य बनेका थिए। यसअघि उनी नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत बनेका थिए।
पार्टी संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र जनप्रतिनिधिका रूपमा प्राप्त अनुभवलाई आधार बनाउँदै तामाङले १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा उम्मेदवारी दिएका छन्।
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट अनुप न्यौपानेले खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन्
पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै न्यौपानेले महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्। उनले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र चलायमान बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।
न्यौपानेले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग सहकार्य गर्दै संगठनको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्रको आपसी एकता, कार्यकर्ताको सम्मान र सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताएका छन्।
त्यस्तै, स्थानीय तहदेखि जिल्ला र केन्द्रसम्म पार्टी संगठनलाई थप मजबुत बनाउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्दै न्यौपानेले आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
महाधिवेशन प्रतिनिधिको निर्वाचनमा क्षेत्र नं. २ का कांग्रेस प्रतिनिधिहरूको मत महत्वपूर्ण हुने भएकाले न्यौपानेले आफ्नो उम्मेदवारीलाई सहयोग गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।
उनले आफूलाई प्राप्त हुने जिम्मेवारीबाट निराश नबनाउने र पार्टी तथा संगठनको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी महाधिवेशनसँगै कांग्रेसको संगठनात्मक गतिविधि तीव्र भइरहेका बेला क्षेत्र नं. २ बाट न्यौपानेको उम्मेदवारी पनि चर्चामा आएको छ।






