२०८३ कार्तिक ४ मंगलवार
२०८३ कार्तिक ४ मंगलवार

पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी सडक किनारमा राखिएको बम विस्फोट हुँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार क्वेटा–कराँची राष्ट्रिय राजमार्गअन्तर्गत मास्तुङ जिल्लाको खाड कोचा क्षेत्रमा सुरक्षाकर्मीको टोली गइरहेका बेला सडक किनारमा राखिएको विस्फोटक पदार्थ पड्काइएको थियो ।

विस्फोटमा सुरक्षाकर्मीको एउटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनापछि सुरक्षाकर्मी र आक्रमणकारीबीच गोली हानाहानसमेत भएको थियो । थप सुरक्षाकर्मी घटनास्थलमा पुग्नुअघि नै आक्रमणकारीहरू फरार भएको प्रहरीले जनाएको छ ।

मृतकको शव तथा घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । घटनापछि प्रहरीले राजमार्ग केही समयका लागि बन्द गरी आक्रमणमा संलग्नहरूको खोजी तथा पक्राउका लागि सुरक्षा अभियान सञ्चालन गरेको जनाएको छ ।

गाजापट्टी । इजरायली युद्धका कारण गाजामा हजारौँ शव अस्थायी स्थानमा गाडिएका छन् । अहिले नियमित चिहान स्थलमा समेत शव गाड्ने ठाउँको अभाव हुन थालेको छ । गाजाको ‘येलो लाइन’ नजिक गोली लागेर मारिएका आफ्ना बुबा मोहम्मदका लागि २० वर्षीय ओमर अल–सवहीलाई चिहान खोज्नुपर्‍यो ।

गाजा सिटीको जैतुन क्षेत्रमा बस्ने ४० वर्षीय मोहम्मद जुन १० मा सडकछेउको एउटा सानो चिया–कफी पसलमा काम गरिरहेका बेला घाँटीमा गोली लागेको थियो । गोली लागे लगत्तै उनको मृत्यु भएको थियो । बुबालाई गाड्न ओमर जैतुन चिहान स्थल पुगे । त्यहाँ चिहानहरू एक अर्काका निकै नजिक थिए । तीमध्ये धेरैजसो गाजामा जारी इजरायली युद्धमा मारिएका मानिसका थिए ।

ठाउँको अभाव र युद्धका कारण उत्पन्न कठिन परिस्थितिले गर्दा धेरै चिहानमा मृतकको नाम लेखिएको कागज ढुङ्गाले मात्रै थिचेर राखिएको छ । कतिपयको व्यवस्थित रूपमा चिहानसमेत बनाउन सकिएको छैन । ‘म चिहानस्थलको बिचमा उभिएँ र चारैतिर मैले धेरै चिहान देखेँ । त्यहाँ बालुवाका थुप्रा थिए र ती मुनि मानिसहरू गाडिएका थिए,’ ओमरले अल जजिरालाई बताए ।

‘एउटा चिहानमा सहिदको नाम लेखिएको कागजसहित एउटा ढुङ्गा मात्र थियो । युद्धअघि जस्तो चिहान बनाउने वा व्यवस्थित रूपमा तयार गर्ने अवस्था थिएन,’ उनले भने । गाजामा अहिले एउटा चिहान बनाउन करिब ५०० शेकेल अर्थात् १६७ डलर खर्च हुन्छ । उक्त रकम जुटाउन नसकेपछि ओमरको परिवारले अर्को विकल्प खोज्नुपर्‍यो । नयाँ चिहान बनाउन ठाउँ पनि थिएन । त्यसैले आमेरले पिताको शवलाई हजुर बुबाको चिहानमै गाडे ।

युद्धका बिच गाजामा स्वास्थ्य, स्थानीय प्रशासन लगायत सेवा प्रणाली लगभग ध्वस्त भइसकेका छन् । इजरायली आक्रमणको जोखिमका कारण युद्धका क्रममा हजारौँ मृत प्यालेस्टिनीलाई ‘बेपत्ता’ को सूचीमा राखिएको छ । तीमध्ये धेरैलाई घरका बगैँचा, पाल, विस्थापितहरूका शिविर, विद्यालय वा अस्पताल परिसरमै गाडिएको थियो । सन् २०२५ को अक्टोबरमा अमेरिकाको मध्यस्थतामा युद्धविराम भएपछि गाजामा इजरायली आक्रमण केही कम भएको छोटो अवधिमा परिवारहरूले भग्नावशेष वा अस्थायी चिहानबाट आफन्तका शव निकालेर अन्यत्र सार्न थाले ।

युद्धविराम घोषणा भएयता मात्रै कम्तीमा १ हजार २०० प्यालेस्टिनी मारिएका छन् र उनीहरू सबैका लागि चिहान चाहिएको छ । गाजाका अधिकारीहरूका अनुसार अस्पताल परिसरमा रहेका सात वटा सामूहिक चिहानबाट ५२९ प्यालेस्टिनीका शव निकालिएका छन् ।

इजरायली आक्रमण केही समय कम भएको मौका छोपेर मोहम्मदको परिवारले पनि उनको शव निकालेर अन्तिम संस्कारका लागि चिहान स्थलमा सारेको थियो । गाजामा चिहानको अभाव युद्ध सुरु भएयता मारिएका ७३ हजारभन्दा बढी प्यालेस्टिनीका कारण मात्रै भएको होइन । इजरायली आक्रमणबाट चिहान स्थलसमेत ध्वस्त भएका छन् ।

गाजाको धार्मिक मामिला तथा वक्फ मन्त्रालयका अनुसार युद्ध सुरु भएयता ४० भन्दा बढी चिहान स्थल नष्ट भएका छन् । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा चिहान स्थलमा जानमा कडा प्रतिबन्ध लगाएको छ ।

यसले शव गाड्ने ठाउँ झनै सीमित बनाएको छ । इजरायली बमबारी र विस्थापनका आदेशका कारण लाखौँ प्यालेस्टिनी घर छाड्न बाध्य भएका छन् । यस क्रममा पहिले चिहानका लागि छुट्याइएका कतिपय ठाउँ विस्थापितहरूका लागि आश्रय स्थलमा परिणत भएका छन् ।

गाजाका अधिकारीहरूका अनुसार चिहानको ढुङ्गा लगायत आवश्यक सामग्रीको अभावका कारण अहिले शव गाड्न ७०० शेकेल (२३५ डलर) देखि १ हजार शेकेल (३३५ डलर) सम्म खर्च हुन्छ । उचित चिहानको ढुङ्गा बनाउन पैसा जुटाउन नसक्दासम्म ध्वस्त भवनका इँटा–ढुङ्गा, माटो वा जस्तापातालाई अस्थायी चिहान चिन्हका रूपमा प्रयोग गर्ने गरिएको छ । गाजाका ६० वटा चिहान स्थलमध्ये धेरैजसो युद्ध सुरु हुनुअघि नै क्षमताको सीमामा पुगिसकेको वक्फ मन्त्रालयका सञ्चार अधिकारी इक्रामी अल–मदल्लालले बताए ।

‘उपलब्ध चिहानको ठाउँको अभावका कारण हामीले नयाँ चिहान स्थल बनाउन आवश्यक छ,’ उनले अल जजिरालाई भने । मन्त्रालयले नयाँ चिहानका लागि ठाउँ खोजिरहेको छ । अस्थायी रूपमा गाडिएका शवलाई चिहान स्थलमा सार्न पनि चुनौती बनेको छ । ‘शव सार्ने काम जथाभाबी गर्न मिल्दैन । यसका लागि वक्फ मन्त्रालय, स्थानीय सरकार र सम्बन्धित सरकारी निकायसँग समन्वय गर्नुपर्छ,’ मदल्लालले भने ।

गाजामाथिको युद्ध आफ्नो व्यावसायिक जीवनकै सबैभन्दा कठिन समय भएको विगत १९ वर्षभन्दा बढी समयदेखि शव गाड्ने काम गर्दै आएका ५० वर्षीय तफेश अबु हाताबले बताए । उनी काम गर्ने खान युनिस चिहान स्थलमा युद्ध सुरु हुँदा करिब ६० वटा चिहान थिए ।

अहिले त्यहाँ करिब ६ हजार चिहान छन् । युद्धको एक चरणमा तफेशले दैनिक करिब ३५ वटा चिहान खन्नुपरेको थियो । ‘यति भयावह रक्तपात भएको समय हामीले कहिल्यै देखेका थिएनौँ,’ उनले भने, ‘दर्जनौँ सहिदलाई गाड्न नपरेको दिन नै हुँदैन’ ।

उनले गाड्ने अधिकांश शव महिला र बालबालिकाका हुने बताए । तीमध्ये नवजात शिशुसमेत हुन्छन् । इजरायली बमले पूरै भवन, सवारी साधन वा पाल ध्वस्त पार्दा कहिलेकाहीँ एउटै परिवारका सबै सदस्यका शव चिहान स्थलमा आइपुग्छन् । ‘उनीहरूले हाम्रा घर हाम्रै टाउकोमाथि ढालिदिन्छन् र त्यही घरको भग्नावशेषबाट हामी आफ्ना चिहान बनाउँछौँ,’ तफेशले भने ।

अस्ट्रेलियाले डार्विनमा भएको अघिल्लो हारको बदला लिँदै बंगलादेशलाई दोस्रो टेस्टमा एक इनिङ्स र ५१ रनले पराजित गरेको छ।

यो खेल दुई दिन पनि टिक्न सकेन र अस्ट्रेलियाली भूमिमा खेलिएको दोस्रो सबैभन्दा छोटो टेस्ट सावित भयो। मिचेल स्टार्कले खेलभर १० विकेट लिएपछि अस्ट्रेलियाले सिरिज १-१ को बराबरीमा ल्याएको छ।

बंगलादेश पहिलो इनिङ्समा ६४ र दोस्रो इनिङ्समा मात्र ९५ रनमा समेटियो। टेस्ट क्रिकेटको इतिहासमा बंगलादेश दुवै इनिङ्समा १०० रनभन्दा कममा आउट भएको यो पहिलो पटक हो। अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा जम्मा २१० रन बनाएको थियो, जुन इनिङ्स अन्तरको जित हासिल गर्ने टोलीको चौथो कम स्कोर हो।

दोस्रो दिन अस्ट्रेलियाले थप ४५ रन जोड्दै १४६ रनको अग्रता लिएको थियो। बंगलादेशको दोस्रो इनिङ्सको सुरुवातदेखि नै मिचेल स्टार्क आक्रामक बने। उनले शादमान इस्लाम र मोमिनुल हकलाई लगातार दुई बलमा आउट गरे। प्याट कमिन्सले पनि तन्जिद हसनलाई आउट गर्दै बंगलादेशलाई थप दबाबमा पारे।

बंगलादेशका नजमुल हुसेन शान्तोले ३१ रन बनाएर केही प्रतिरोध गर्ने प्रयास गरे पनि उनलाई नाथन लियोनले आउट गरे। बंगलादेशी ब्याटर लिटन दास यो सिरिजमा लगातार तेस्रो पटक शून्य रनमा आउट भए। उनले पुरै सिरिजभर एक रन पनि जोड्न सकेनन्।

नाथन लियोनले बाँकी विकेट लिएपछि खेल समाप्त भयो। यही खेलमा स्टिभ स्मिथले आफ्नो २१९ औँ क्याच समातेर टेस्ट क्रिकेटमा सबैभन्दा धेरै क्याच लिने खेलाडीको सूचीमा जो रुटको कीर्तिमानसँग बराबरी गरे।

अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले महत्वपूर्ण ६७ रन बनाए भने नाथन लियोनले ३२ रनको अविजित योगदान दिए। बंगलादेशका बलर शोरिफुल इस्लामले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिए पनि उनको यो मेहनत टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।
अन्ततः मिचेल स्टार्कको १० विकेट (५१ रन खर्चेर ) को मद्दतले अस्ट्रेलियाले यो खेल सजिलै आफ्नो पक्षमा पार्‍यो।

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि काठमाडौ गोर्खाजले भारतका केएस भरतलाई भित्र्याएको छ।

काठमाडौंले उनीसँग सम्झौता भएको आइतबार सार्वजनिक गरेको हो।

विकेटकिपर ब्याटर भरतले भारतका लागि ७ टेस्ट खेलेका छन्। उनले सन् २०२३ मा अस्ट्रेलियाविरूद्ध टेस्टमा डेब्यू गरेका थिए। यद्यपी उनी एक वर्ष मात्र भारतीय टिममा रहन सफल भए।

आइपिएल टिम दिल्ली र बेंगलुरुबाट खेलेका उनले भारतीको पहिलो श्रेणीका ११३ खेल खेल्दै ६१०२ रन बनाएका छन्।

३२ वर्षीय भरतले गत जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएसँगै उनलाई विदेशी लिग खेल्ने बाटो खुलेको थियो।

काठमाडौंको कप्तानमा करण केसी छन् भने यो सिजनको एनपिएल कात्तिक ९ देखि त्रिवि मैदानमा सुरु हुँदैछ।

पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।

यसरी सागको मिति तय भएको यो पहिलो पटक भने होइन। सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं सागमा सन् २०२१ मा गर्न गरी पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो।

सुरुमा कोभिड १९ तथा त्यसपछि विभिन्न कारणले सागको मिति तय भइरहेको थियो।

पछिल्लो पटक २०८१ को फागुनमा पनि साग गेम्सको मिति तय भएको थियो। त्यतिबेला १४औं साग २०२६ को जनावरी २३ मा सुरु गर्ने भनिएको थियो।

सुरुमा कोभिड-१९ ले साग धकेलिएको सागमा पछिल्लो पटक भने भारतले चासो दिएको छैन। भारतले साग भन्दा पनि एसियाली खेलकुद, कमनवेल्थ र ओलम्पिक खेलमा बढी तयारी गर्न थालेको छ।

त्यसो त पछिल्लो समय भारत र पाकिस्तानले एक अर्का देशमा कुनै पनि खेल खेल्ने गरेका छैनन्। त्यसैले भारतले पाकिस्तानमा गएर साग गेम्स खेल्ने सम्भावना न्यून छ।

सागका ७ देशले भाग लिने यसपटकको सागमा २८ खेलमा प्रतिस्पर्धा गर्ने बताइएको छ। खेलहरु पाकिस्तानको लाहोर, इस्लामावाद र फैसलावादमा हुने बताइएको छ।

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ५८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्।

हालै सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमकले गत आर्थिक वर्षमा कुल ३० अर्ब ५८ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीहरुले २५ अर्ब २४ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।

यस आधारमा अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा निर्जीवन बीमकहरुको दाबी भुक्तानी २१.१६ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ९ वटा कम्पनीको दाबी भुक्तानी बढेको छ भने ५ वटा कम्पनीको घटेको छ। रकमका आधारमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ भने वृद्धिदरका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स अगाडि देखिएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षमा ४ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको थियो। यसअनुसार कम्पनीको दाबी भुक्तानी ३६.९२ प्रतिशतले बढेको हो।

त्यस्तै, शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष ३ अर्ब २ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीको दाबी भुक्तानी ३१.३० प्रतिशतले बढेको छ।

दाबी भुक्तानी रकमका आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ५२ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष २ अर्ब ७६ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीको दाबी भुक्तानी २७.५३ प्रतिशतले बढेको हो।

यता, केही कम्पनीको दाबी भुक्तानी भने घटेको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको दाबी भुक्तानी ८.९४ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ६.६१ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको ३.९५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १०.०३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ७.७५ प्रतिशतले घटेको छ।

वृद्धिदरका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा गत आर्थिक वर्षमा १ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुर्‍याएको छ। कम्पनीको दाबी भुक्तानी ५४.४४ प्रतिशतले बढेको हो।

त्यस्तै, रकमका आधारमा सबैभन्दा कम दाबी भुक्तानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३० करोड १० लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको छ।

काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा सवा ८६ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्।

हालै प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार १४ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा कुल ८६ अर्ब ३० करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी कम्पनीहरूले ७८ अर्ब ७२ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। यसअनुसार समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी ९.६४ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ९ वटा कम्पनीको दाबी भुक्तानी बढेको छ भने ५ वटा कम्पनीको घटेको छ। रकमका आधारमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने कम्पनी नेपाल लाइफ रहेको छ भने वृद्धिदरका आधारमा नेसनल लाइफ अगाडि रहेको छ।

नेपाल लाइफले गत आर्थिक वर्षमा २१ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १९ अर्ब १९ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको थियो। यसरी कम्पनीको दाबी भुक्तानी १२.४१ प्रतिशतले बढेको हो।

त्यस्तै, नेसनल लाइफले १३ अर्ब ९६ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष ११ अर्ब ७ करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीको दाबी भुक्तानी समीक्षा वर्षमा २६.१५ प्रतिशतले बढेको हो। यो वृद्धि जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा उच्च हो।

तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले गत आर्थिक वर्षमा १३ अर्ब ६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले १२ अर्ब ५९ करोड २ लाख रुपैयाँ भुक्तानी गरेको थियो। समीक्षा वर्षमा कम्पनीको दाबी भुक्तानी ३.७६ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा नेपाल लाइफ, नेसनल लाइफ, एलआईसी नेपालसँगै राष्ट्रिय जीवन बीमा कम्पनी, हिमालयन लाइफ, मेटलाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र आईएमई लाइफको दाबी भुक्तानी बढेको छ।

यसैगरी एसियन लाइफ, सूर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ, सन नेपाल लाइफ र प्रभु महालक्ष्मी लाइफको दाबी भुक्तानी भने अघिल्लो वर्षको तुलनामा घटेको छ।

गत आर्थिक वर्षमा सबैभन्दा कम दाबी भुक्तानी गर्ने कम्पनी प्रभु महालक्ष्मी लाइफ रहेको छ। कम्पनीले १ अर्ब ५ करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.६६ प्रतिशतले कम हो।

यसरी हेर्दा जीवन बीमा कम्पनीहरूको कुल दाबी भुक्तानीमा उल्लेख्य वृद्धि भएको देखिए पनि कम्पनीअनुसार दाबी भुक्तानीको वृद्धिदरमा भने फरक देखिएको छ।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राष्ट्रिय स्वाधीनतामाथि अभूतपूर्व संकट उत्पन्न भएको बताएका छन्। उनले सुगौली सन्धिपछि नेपालले अहिले जस्तो गम्भीर संकट पहिलोपटक भोगिरहेको दाबी गरेका हुन्।

काठमाडौंमा आयोजित ‘कम्युनिस्ट एकता, सहकार्य र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले देश गम्भीर संकटबाट गुज्रिरहेको बताएका हुन्।

प्रचण्डले भने, ‘अहिले देश साँच्चै संकटमा छ। सबैभन्दा ठूलो कुरा राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो संकट देखापरेको छ, सायद सुगौली सन्धिपछि यति भयानक संकट नेपालले भोग्नुपरेको थिएन।’

उनले राष्ट्रिय स्वाधीनता, देशभक्तिपूर्ण तथा राष्ट्रवादी आन्दोलन र कम्युनिस्ट आन्दोलनबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताए।

प्रचण्डका अनुसार कम्युनिस्ट पार्टी गठन भएदेखि नै देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै कम्युनिस्ट आन्दोलनले जनताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ।

उनले वर्तमान परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न कम्युनिस्ट शक्तिबीच एकता आवश्यक रहेकोमा जोड दिए। ‘राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति एकताको अर्को कुनै विकल्प छैन,’ उनले भने।

प्रचण्डले कम्युनिस्ट शक्तिहरूले अहंकार वा मनोगतवादी सोचका कारण विगतका गल्ती दोहोर्‍याउन नहुने बताए। उनले राष्ट्रिय स्वाधीनताको रक्षा र देशको वर्तमान संकट समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

काठमाडौँ । ‘स्वस्थ नागरिक, समृद्ध समाज’ भन्ने नारामा सभामुखको सचिवालय र प्रहरी अस्पतालको समन्वयमा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा सहभागी महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणअन्तर्गत सामान्य स्वास्थ्य जाँचसँगै भीआईए तथा पाप स्मियर परीक्षण गरिएको थियो । पाठेघरको मुखबाट लिइएको नमूना प्रहरी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको आयोजकले जनाएको छ ।

प्रहरी अस्पतालकी प्रहरी वरिष्ठ उपरीक्षक डा. दीपा न्हूच्छे प्रधानले परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएमा सम्बन्धित बिरामीलाई उच्च तहका स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक उपचार तथा थप परीक्षणको व्यवस्था गरिने बताइन् । उनले स्तनसम्बन्धी स्वास्थ्य परीक्षणसमेत गरिएको र परीक्षणका क्रममा कुनै समस्या देखिएमा आवश्यकताअनुसार थप परीक्षण तथा उपचारका लागि समन्वय गर्ने प्रतिबद्धता जनाइन् ।

शिविरमा साँझ ५ः०० बजेसम्म स्वास्थ्य परीक्षण सञ्चालन गर्दा करिब ४०० जनाले स्वास्थ्य सेवा लिएको सभामुखका प्रमुख स्वकीयसचिव मुना कुँवरले जानकारी दिइन् । शिविरमा सहभागीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो भने थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने अवस्थामा यातायातको समेत व्यवस्था गरिएको थियो ।

शिविर पुगेर सभामुख डीपी अर्यालले परीक्षणमा सहभागी दिदीबहिनीसँग भेटघाट गरेका थिए । उनले शिविरको स्वास्थ्य परीक्षणको अवस्था तथा सहभागीहरूले प्राप्त गरिरहेको सेवाका विषयमा जानकारी लिएका थिए । स्वास्थ्य शिविरमा सहभागी महिलाहरूले कार्यक्रम निकै उपलब्धिमूलक र प्रभावकारी भएको प्रतिक्रिया दिए । प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न तथा आवश्यक परेमा थप उपचारका लागि समयमै पहल गर्न शिविरले महत्त्वपूर्ण सहयोग पुर्‍याएको भन्दै सहभागीहरूले सभामुखको सचिवालय तथा प्रहरी अस्पतालप्रति धन्यवाद व्यक्त गरेका थिए ।

महिलामा देखिन सक्ने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरजस्ता स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी हुने सहभागीहरूको भनाइ थियो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आवद्ध हुन पाएको भन्दै खुसी व्यक्त गरे । मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सही निकास दिन कांग्रेस सभापति थापा नेतृत्वसहित कांग्रेस अघि बढिरहेकाले आफू कांग्रेसमा आवद्ध भएको बताए ।

उनले कांग्रेसमा आबद्ध भएर आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

सभापति थापाले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा सभापति थापाले न्यौपानेलाई पार्टीका नेता–कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय भएर काम गर्न आग्रह गरेका थिए । न्यौपानेको कांग्रेस प्रवेशले सर्लाहीमा कांग्रेसको संगठन विस्तारमा सघाउ पुग्ने थापाले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।