२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत महिनामा १४ निर्जीवन बीमा कम्पनीले ४ अर्ब ८७ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। सो अवधिमा ३ लाख ४७ हजार ८७२ वटा बीमालेख जारी भएका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चैतमा भने कम्पनीहरूले २ लाख ९१ हजार ७७६ बीमालेखबाट २ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यसअनुसार चालु वर्षको चैतमा निर्जीवन बीमकहरूको व्यापार १८.९८ प्रतिशतले बढेको देखिएको छ।

चैतमा सबैभन्दा धेरै व्यापार गर्ने कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ। कम्पनीले ६० करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै अघिल्लो वर्षको तुलनामा १३४.८१ प्रतिशत वृद्धि हासिल गरेको छ।

त्यसपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५३ करोड ४४ लाख रुपैयाँ संकलन गरेको छ भने ओरिएन्ट इन्स्योरेन्सले ४८ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

त्यस्तै एनएलजी इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि उल्लेखनीय बीमाशुल्क संकलन गरेका छन्।

यस्तै सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले पनि चैतमा बीमाशुल्क संकलन गरेका छन्।

चालु वर्षको चैतमा १० कम्पनीको व्यापार बढेको छ भने ४ कम्पनीको व्यापार घटेको प्राधिकरणले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।