समाचार:
१२ वैशाख, काठमाडौं । विश्वराज पोखरेलले आफ्नै अभिव्यक्तिका कारण उत्पन्न विवादपछि माफी मागेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो वास्तविक सन्दर्भमा प्रस्तुत नभएको बताएका छन्।

उनले भिडियोमा घटनाको केही अंश मात्र काटछाँट गरेर राखिएको दाबी गर्दै विवाद सिर्जना भएकोमा खेद प्रकट गरेका छन्। साथै सार्वजनिक जीवनमा आफ्नो बोली र व्यवहार अझ संयमित हुनुपर्ने कुरा स्वीकार गरेका छन्।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै उनले आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि विवाद भएको थियो।

Post Views: 40










