
काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले यूएईमाथि ३७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट रंगशालामा शनिबार भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ४८.२ ओभरमा २०० रन बनाएको थियो ।
जवाफमा २०१ रनको लक्ष्य पछ्याएको यूएई १६३ रनमै समेटियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ७५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले । बलिङतर्फ करण केसीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे । सन्दीप लामिछाने र करणले अन्तिमतिर महत्वपूर्ण विकेट लिँदै जित सुनिश्चित गरे ।
यो जितसँगै नेपालले २१ खेलमा ६ जितसहित १४ अंक जोड्दै लिग टू तालिकाको सातौँ स्थानमा यथावत् रहेको छ ।

काठमाडौं । सरकारले निजामती सेवामा राजनीतिक दलसँग आबद्ध कर्मचारी ट्रेड युनियन हटाउने प्रस्तावसहित नयाँ संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मस्यौदामा ट्रेड युनियनको सट्टा कर्मचारीका गुनासो सुन्न प्रभावकारी संयन्त्र बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। मन्त्री प्रतिभा रावलका अनुसार निजामती कर्मचारीले राजनीतिक दल वा तिनका भ्रातृ संगठनको सदस्यता लिन नपाउने व्यवस्था गरिएको छ।
मस्यौदामा राजनीतिक गतिविधिमा संलग्न भएको प्रमाणित भए कर्मचारीलाई बर्खास्त गरी भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, निजामती कर्मचारीको सेवा अवधि ६० वर्षसम्म रहने र सचिवको पदावधि दुई वर्ष रहने उल्लेख छ। कार्यदक्षताका आधारमा सरकारले सचिवको कार्यकाल एक वर्षसम्म थप गर्न सक्नेछ।
कर्मचारीलाई बढुवाका लागि दुर्गम क्षेत्रमा काम गरेको र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत भएर सेवा दिएको हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
मस्यौदामा अवकाशपछि दुई वर्षको ‘कुलिङ पिरियड’ कायम राखिएको छ। यस अवधिमा उच्च पदबाट अवकाश लिएका कर्मचारीले कुनै राजनीतिक वा संवैधानिक पदमा नियुक्ति पाउन नपाउने व्यवस्था गरिएको छ।
मन्त्रालयले मस्यौदा सार्वजनिक गर्दै सुधारका लागि सुझावसमेत आह्वान गरेको छ।
https://docs.google.com/document/d/1tVeQmxMLJcPi34tPVwYLJH2LrRhVlhNaMbfYfewxOhc/edit?usp=sharing
त्यस्तै, इक्विटीमा प्रतिफल पनि १०.३५ प्रतिशतबाट सुधार भई १३.१३ प्रतिशत पुग्नुले सेयरधनीको लगानीमा उचित प्रतिफल दिने बैंकको प्रयास सफल भएको देखिन्छ। बैंकले १८.५७ प्रतिशतको वार्षिकीकृत वितरणयोग्य नाफा कायम राखेकाले आगामी दिनमा लगानीकर्ताहरूले आकर्षक लाभांशको अपेक्षा गर्न सक्ने प्रशस्त आधारहरू देखिएका छन्।
बैंकको यो सफलताको जग यसको बलियो कर्जा विस्तार रणनीतिमा अडिएको छ। ८.२५ प्रतिशतको वृद्धिदरका साथ सानिमाले १ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ बराबरको खुद कर्जा तथा सापटी परिचालन गरेको छ।
यस्तो विस्तारलाई टेवा पुर्याउन बैंकले आफ्नो पूँजीगत आधारलाई समेत उत्तिकै मजबुत बनाएको छ। सोही अवधिमा बैंकले २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत ‘पर्पेचुअल नन-क्युमुलेटिभ’ प्रिफरेन्स सेयर जारी गरेर आफ्नो पूँजी कोषलाई थप सुदृढ तुल्याएको हो।
हाल बैंकको टियर १ पूँजी पर्याप्तता १०.०३ प्रतिशत र कुल पूँजी पर्याप्तता १३.१६ प्रतिशत रहेको छ, जसले बैंकसँग सम्भावित जोखिम वहन गर्न सक्ने पर्याप्त क्षमता रहेको पुष्टि गर्दछ।
अन्तर्राष्ट्रिय बजारको मानक र स्थानीय बजारको प्रतिस्पर्धालाई हेर्दा सानिमा बैंकले लिएको यो गन्तव्य निकै रणनीतिक देखिन्छ। बैंकिङ प्रणालीमा तरलता र ब्याजदरको उतारचढाव भइरहँदा पनि सानिमाले आफ्नो सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीलाई स्थिर राख्दै अघि बढेको देखिन्छ।
यद्यपि खराब कर्जामा देखिएको सामान्य दबाबलाई व्यवस्थापन गर्न बैंकले अवलम्बन गर्ने आगामी रणनीतिले यसको भविष्यको यात्रा थप सुनिश्चित गर्नेछ। समग्रमा, सानिमा बैंकले चैत मसान्तसम्म हासिल गरेको यो वित्तीय प्रतिवेदनले नेपाली वित्तीय क्षेत्रमा एक परिपक्व र दरिलो खेलाडीको रूपमा आफ्नो उपस्थिति कायम राखेको छ।
समाचार:
१२ वैशाख, काठमाडौं । विश्वराज पोखरेलले आफ्नै अभिव्यक्तिका कारण उत्पन्न विवादपछि माफी मागेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो वास्तविक सन्दर्भमा प्रस्तुत नभएको बताएका छन्।
उनले भिडियोमा घटनाको केही अंश मात्र काटछाँट गरेर राखिएको दाबी गर्दै विवाद सिर्जना भएकोमा खेद प्रकट गरेका छन्। साथै सार्वजनिक जीवनमा आफ्नो बोली र व्यवहार अझ संयमित हुनुपर्ने कुरा स्वीकार गरेका छन्।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै उनले आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि विवाद भएको थियो।
सरकारले सिनामंगलस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु गरेको छ । दिउँसो साढे १ बजेबाट डोजर चलाउन सुरु गएिको हो ।
यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो । थापाथलीको बस्ती भत्काइसकेपछि सिनामंगलमा डोजर चलाउन थालिएको हो ।

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘साइट’मै व्यवस्थापन र राहत उपलब्ध गराइने जनाएको छ ।
शनिबार बिहानदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कामसँगै तत्कालका लागि खानाको व्यवस्था पनि गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानान्तरण हुने सुकुम्बासीका लागि शनिबार र आइतबार सरकारकै तर्फबाट प्याकेटमा खाना उपलब्ध गराइने जनाइएको छ ।
“पुनःस्थापनाका लागि छानिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
सुकुम्बासीलाई राख्नका लागि हाल चयन गरिएका संरचनाहरू यसअघि नै निर्माण गरिएका हुन् । ती संरचनाहरूलाई अहिले वास्तविक सुकुम्बासी व्यवस्थापनका लागि पूर्ण रूपमा प्रयोगमा ल्याउन लागिएको जनाइएको छ ।






