२०८३ आश्विन १० शनिबार
२०८३ आश्विन १० शनिबार

परिवर्तनको संकल्पसहित चिनलाल तामाङद्वारा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेशसभा ‘क’ बाट प्रदेश महाधिवेशन प्रतिनिधि पदका लागि चिनलाल तामाङले उम्मेदवारी घोषणा गरेका छन्।
सानै उमेरदेखि विद्यार्थी तथा सामाजिक गतिविधिमा सक्रिय तामाङले परिवर्तनको पक्षमा निरन्तर क्रियाशील रहँदै आएको बताएका छन्।
तामाङको विद्यार्थी तथा सामाजिक क्षेत्रमा सक्रियताको यात्रा वि.सं. २०७२ सालमा सेतीदेवी माध्यमिक विद्यालय बाल क्लबको अध्यक्षबाट सुरु भएको देखिन्छ। वि.सं. २०७४ मा उनी सेतीदेवी माविको जुनियर रेडक्रस सर्कल अध्यक्ष बने। त्यसैगरी २०७५ सालमा सुर्के सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष तथा वडा स्तरीय वडा बाल सञ्जालको अध्यक्षको जिम्मेवारी सम्हाले।
राजनीतिक यात्रातर्फ तामाङ वि.सं. २०७६ सालमा रत्नगंगा नेविसंघ इकाइ सभापति बने। २०७७ सालमा नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर सदस्यको जिम्मेवारीमा रहे भने २०७८ सालमा चमुण्डा नेविसंघ इकाइ सभापति बने।
त्यसपछि २०८० सालमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सदस्यका रूपमा काम गरेका तामाङले २०८१ साल चैत ५ गते भएको चौतारा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सचिव पदका प्रत्यासीसमेत बनेका थिए।
विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका तामाङले आफूले प्राप्त गरेको अनुभवलाई पार्टी संगठन सुदृढीकरण र नयाँ पुस्ताको सहभागिता बढाउन उपयोग गर्ने बताएका छन्।
उनले विधि, विचार र संगठनलाई केन्द्रमा राख्दै युवा पुस्ताको सक्रिय सहभागितासहित कांग्रेसलाई थप सशक्त बनाउने उद्देश्यले प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।