२०८३ श्रावण २२ शुक्रबार
२०८३ श्रावण २२ शुक्रबार

नयाँ तलबमान घोषणा: कुन पदको तलब कति बढ्यो?

काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि लागू हुने संशोधित तलबमान, ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी विवरण सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयअनुसार नयाँ तलबमान कार्यान्वयनमा ल्याइएको हो।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गर्ने तथा कार्यसम्पादनमा आधारित १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो। सोही निर्णयअनुसार अर्थ मन्त्रालयले बुधबार सम्बन्धित सरकारी निकायलाई परिपत्र जारी गर्दै नयाँ तलबमान कार्यान्वयन गर्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संघीय संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीले संशोधित तलबमानअनुसार पारिश्रमिक प्राप्त गर्नेछन्।

यस्तै, निवृत्तिभरण (पेन्सन) प्रयोजनका लागि लागू हुने ग्रेड तथा एक दिन बराबरको ग्रेड रकमसमेत नयाँ व्यवस्थाअनुसार समायोजन गरिएको छ। बढेको तलबमानका आधारमा १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

नयाँ तलब संरचनाअनुसार मुख्य सचिवको प्रारम्भिक मासिक तलब ८४ हजार ९३२ रुपैयाँ निर्धारण गरिएको छ। राजपत्राङ्कित विशिष्ट श्रेणीको तलब ७९ हजार २९० रुपैयाँ, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)को ६६ हजार ५३९ रुपैयाँ तथा राजपत्राङ्कित प्रथम श्रेणीको ६२ हजार ४६६ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, राजपत्राङ्कित द्वितीय श्रेणीको मासिक तलब ५३ हजार ६११ रुपैयाँ र राजपत्राङ्कित तृतीय श्रेणीको ४८ हजार ५८ रुपैयाँ तोकिएको छ।

राजपत्रअनङ्कित कर्मचारीतर्फ प्रथम अतिरिक्त मान (पेन्सन प्रयोजन)को तलब ४१ हजार ५१७ रुपैयाँ, राजपत्रअनङ्कित प्रथमको ३८ हजार २०३ रुपैयाँ, राजपत्रअनङ्कित द्वितीय अतिरिक्त मान (पेन्सन प्रयोजन)को ३७ हजार ४०७ रुपैयाँ, राजपत्रअनङ्कित द्वितीयको ३६ हजार १९२ रुपैयाँ, राजपत्रअनङ्कित तृतीयको ३० हजार ३७३ रुपैयाँ तथा राजपत्रअनङ्कित चतुर्थको २८ हजार ६९० रुपैयाँ निर्धारण गरिएको अर्थ मन्त्रालयले जनाएको छ।सवत-२०८३-सल-सउन-१-गत-दख-लग-हन-रषटरसवक-करमचरहरक-तलबमन_7mo3s6t

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।