२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

रास्वपा लुम्बिनी अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ।

मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार सभापति पदका लागि ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणको मतदानमा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत प्राप्त गरेका छन् भने अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याएका छन्। अन्य उम्मेदवारमध्ये गणेश पौडेलले ८४, डा। राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ तथा मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका छन्।

कुनै उम्मेदवारले आवश्यक बहुमत हासिल गर्न नसकेपछि सर्वाधिक मत प्राप्त गर्ने शालिकराम घिमिरे र गोपाल घिमिरेबीच पुनः मतदान गरिने निर्वाचन समितिले जनाएको छ।

हिजो राति सम्पन्न मतदानमा कुल ५५२ मत खसेको थियो। नेतृत्व चयनको प्रतिस्पर्धामा रहेका शालिकराम घिमिरे सभापति रवि लामिछाने निकट पक्षका उम्मेदवार मानिन्छन् भने गोपाल घिमिरेलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह निकट पक्षका उम्मेदवारका रूपमा हेरिएको छ।

पहिलो चरणको मत परिणामले शालिकराम घिमिरेलाई अग्रस्थानमा राखेको भए पनि अन्तिम नेतृत्व चयनका लागि अब हुने दोस्रो चरणको मतदान निर्णायक हुने देखिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।