२०८३ बैशाख ८ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ८ मंगलवार

नयाँ प्रणाली कार्यान्वयनपछि नेप्से घट्यो, लगानीकर्तामा अन्योलता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा नयाँ कारोबार प्रणाली कार्यान्वयनमा आएपछि लगानीकर्तामा उत्साहभन्दा बढी अन्योलता देखिएको छ। नयाँ प्रणालीलाई बजारले सकारात्मक रूपमा लिन नसकेको देखिएको छ। साताको दोस्रो कारोबार दिन पनि बजार घटेर बन्द भएको छ।

मंगलबार नेप्से परिसूचक १७।९१ अंकले घटेर २८०७।३१ विन्दुमा झरेको छ। अघिल्लो दिन पनि बजार करिब १३ अंकले घटेको थियो।

आज कुल ३४७ कम्पनीका ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा २१५ कम्पनीको सेयर मूल्य घटेको, ४८ कम्पनीको मूल्य बढेको र ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने उल्लेख्य नाफा कमाएका छन्। सूर्यकुण्ड हाइड्रोपावर र पाल्पा सिमेन्ट को सेयर मूल्य करिब १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। यस्तै शिखर पावर डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक को मूल्य पनि झन्डै १५ प्रतिशतले वृद्धि भएको छ। एशियन हाइड्रोपावर को सेयर मूल्य पनि १० प्रतिशतभन्दा बढीले बढेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यसको ३७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्स को ३० करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

क्षेत्रगत सूचकतर्फ हेर्दा होटल तथा पर्यटन समूह मात्रै १।१६ प्रतिशतले बढेको छ। घटेका सूचकमध्ये अन्य समूहमा १।२७ प्रतिशत गिरावट सबैभन्दा धेरै देखिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।