२०८३ आश्विन १० शनिबार
२०८३ आश्विन १० शनिबार

ईन्द्रावतीमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न, नवनियुक्तसँग कार्यसम्पादन करार

सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न गरेको छ।
गाउँपालिकाले पहिलो चरणअन्तर्गत नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौतासमेत गरेको जनाएको छ। विद्यालयको शैक्षिक नेतृत्वलाई सुदृढ गर्दै शिक्षण सिकाइ, व्यवस्थापन, अनुशासन तथा समग्र विद्यालय विकासमा प्रधानाध्यापकको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले करार सम्झौता गरिएको हो।
कार्यसम्पादन करारमार्फत प्रधानाध्यापकलाई विद्यालयको शैक्षिक उपलब्धि सुधार, प्रभावकारी व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालयको समग्र विकासमा केन्द्रित भएर काम गर्न थप जिम्मेवार बनाउने गाउँपालिकाको अपेक्षा छ।
गाउँपालिकाले नवनियुक्त सम्पूर्ण प्रधानाध्यापकलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
ईन्द्रावती गाउँ कार्यपालिकाको कार्यालय, नवलपुर, सिन्धुपाल्चोकले प्रधानाध्यापक नियुक्ति तथा कार्यसम्पादन करारलाई विद्यालय सुधारको महत्वपूर्ण कदमका रूपमा अघि बढाएको जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।