२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई सुर्खेतबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी गरिएको छ।

वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएकाले प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पुर्‍याएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेल आफैं होटल पुगेर पौडेललाई आफ्नै गाडीमा राखी नेपालगञ्जतर्फ लगेका थिए। सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि सम्बन्धित निकायबाट प्राप्त पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा लगायतको पनि उपस्थिति रहेको थियो।

प्रहरी स्रोतका अनुसार पौडेललाई नेपालगञ्जबाट हवाई मार्गमार्फत काठमाडौं पठाई थप अनुसन्धान अघि बढाइने तयारी भइरहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।