२०८३ आश्विन १० शनिबार
२०८३ आश्विन १० शनिबार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय तथा हेलो सरकार सेवा रातभर खुला रहने भएका छन्।
सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणका कर्मचारीहरूलाई तैनाथ अवस्थामा राखिएको प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिएका छन्।
प्राधिकरणले आगामी ३६ घण्टा जोखिमपूर्ण रहेको जनाएको छ। सम्भावित विपद्को अवस्था तत्काल सम्बोधन गर्न आवश्यक तयारीसहित सम्बन्धित निकायलाई उच्च सतर्क अवस्थामा राखिएको बताइएको छ।

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट खस–आर्य कोटातर्फ महाधिवेशन प्रतिनिधि पदमा रुपक धितालले उम्मेदवारी दिने भएका छन्।
२०४० सालमा जन्मिएका धितालले सिद्धि गणेश माध्यमिक विद्यालय, सानो सिरुवारीबाट प्राथमिक शिक्षा हासिल गरेका हुन्। उनी २०५२ सालमा नेपाल विद्यार्थी संघको इकाई सभापतिको जिम्मेवारी सम्हाल्दै कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए।
विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका धिताल हाल नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सदस्य छन्। उनी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सल्लाहकार समितिका सचिवसमेत हुन्।
धितालको पारिवारिक पृष्ठभूमि पनि कांग्रेसको राजनीतिक आन्दोलनसँग जोडिएको छ। उनका पिता रविनाथ धिताल राजनीतिक आन्दोलनमा सक्रिय रहेका थिए। २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित माननीय चन्द्रलाल श्रेष्ठलाई निर्वाचित गराउन रविनाथ धितालले सक्रिय भूमिका निर्वाह गरेको पारिवारिक पृष्ठभूमि रहेको धितालले बताएका छन्।
लामो समयदेखि पार्टीको संगठन र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका धितालले यसपटक खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।