२०८३ भाद्र ११ बिहीबार
२०८३ भाद्र ११ बिहीबार

काठमाडौं । वैदेशिक रोजगारी वा अन्य कारणले केही वर्षका लागि विदेशमा रहेका व्यक्तिको जीवन बीमालेख परिपक्व हुने अवस्था आउन सक्छ। यस्तो अवस्थामा बीमाको रकम लिनका लागि बीमित स्वदेश फर्किनैपर्ने बाध्यता हुँदैन।

बीमालेख परिपक्व भएपछि विदेशमै रहेर पनि नेपालस्थित आफ्नो बैंक खातामा बीमा दाबी भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था छ। यसका लागि सबैभन्दा पहिले सम्बन्धित बीमा कम्पनीमा आफ्नो व्यक्तिगत पहिचान विवरण (केवाईसी) अद्यावधिक गराउनुपर्छ।

विदेशमा रहेका बीमितले सम्बन्धित बीमा कम्पनीको शाखा कार्यालयमा इमेलमार्फत केवाईसी अद्यावधिकका लागि अनुरोध गर्न सक्छन्। केवाईसी अद्यावधिक भएपछि परिवारका कुनै सदस्यमार्फत बीमा दाबी भुक्तानीको रकम आफ्नो बैंक खातामा जम्मा गरिदिन कम्पनीलाई अनुरोध गर्न सकिन्छ।

यसका लागि बीमितले बीमा कम्पनीलाई इमेलमार्फत अनुरोध गर्न वा हस्तलिखित निवेदन परिवारका सदस्यलाई पठाएर कम्पनीको कार्यालयमा दर्ता गराउन सक्ने व्यवस्था छ। दाबी भुक्तानीका लागि आवश्यक पर्ने सक्कल बीमालेख भने सम्बन्धित बीमकको शाखा कार्यालयमा पेश गर्नुपर्ने हुन्छ।

त्यस्तै, विदेश जानुअघि नै बीमालेखको हक परिवारका कुनै सदस्य वा अन्य व्यक्ति/संस्थालाई हस्तान्तरण गर्न सकिने विकल्प पनि हुन्छ। यसका लागि बीमित र हक हस्तान्तरण गर्न लागिएको व्यक्तिको राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित बीमा कम्पनीमा लिखित निवेदन दिनुपर्छ। निवेदनमा हक हस्तान्तरण गर्नुपर्ने उचित कारणसमेत खुलाउनुपर्ने हुन्छ।

बीमा नियमावली, २०७९ को नियम २२ मा बीमालेखको हक हस्तान्तरणसम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्थाअनुसार बीमितले बीमालेख परिपक्व हुँदा वा परिपक्व हुनुअघि निजको मृत्यु भएको अवस्थामा बीमालेखबाट प्राप्त हुने सुविधा अन्य व्यक्ति वा संस्थाले पूर्ण वा आंशिक रूपमा प्राप्त गर्ने गरी हक हस्तान्तरण गर्न सक्छ।

हक हस्तान्तरण गर्नुअघि बीमितले त्यसको उचित कारणसहित बीमकलाई अनुरोध गर्नुपर्ने हुन्छ। कारण उपयुक्त देखिएमा बीमकले बीमितको मागअनुसार बीमालेखको हक हस्तान्तरण गरिदिन सक्छ। बीमालेख बहाल रहेको अवधिभित्र जुनसुकै समयमा हक हस्तान्तरण गर्न सकिने व्यवस्था रहेको छ।

यसरी विदेशमा रहेका बीमितले बीमालेख परिपक्व हुँदा रकम लिन स्वदेश फर्किनुपर्ने अवस्था नपर्ने देखिन्छ। आवश्यक प्रक्रिया पूरा गरी आफ्नै बैंक खातामा दाबी भुक्तानी लिन वा नियमअनुसार परिवारका सदस्य तथा अन्य व्यक्ति/संस्थालाई बीमालेखको हक हस्तान्तरण गर्न सकिन्छ।

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य रूपमा बढ्दै गए पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार भने सुस्ताउँदै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले पछिल्ला चार वर्षदेखि निक्षेपको वृद्धिदर कर्जाको तुलनामा लगातार उच्च रहेको देखाएको छ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप १३.९ प्रतिशतले बढेर ८२ खर्ब ७६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। एक वर्षमा निक्षेप १० खर्ब १३ अर्ब ५ करोड रुपैयाँले बढेको हो। अघिल्लो आर्थिक वर्षमा निक्षेप वृद्धिदर १२.६ प्रतिशत रहेको थियो।

तर, निक्षेपको तुलनामा कर्जा विस्तार भने निकै कमजोर देखिएको छ। गत आवमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले मात्रै बढेर ५८ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर ८.४ प्रतिशत थियो। यसरी एक वर्षमै कर्जा वृद्धिदर १.९ प्रतिशत बिन्दुले घटेको छ।

निक्षेप बढ्दै, कर्जा माग कमजोर

पछिल्ला चार वर्षको तथ्यांक हेर्दा बैंकिङ प्रणालीमा निक्षेपको वृद्धि कर्जाको तुलनामा निरन्तर उच्च रहँदै आएको छ। बैंकमा स्रोत थपिँदै गए पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाकृत कमजोर हुँदा उपलब्ध वित्तीय स्रोतको पूर्ण परिचालन हुन नसकेको देखिन्छ।

यसले बैंक तथा वित्तीय संस्थामा तरलता बढाउने र त्यसको व्यवस्थापन चुनौतीपूर्ण बनाउने अवस्था सिर्जना गरेको छ। कर्जा विस्तार बढ्न नसके बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलताले वित्तीय क्षेत्रमा दबाब बढाउन सक्ने देखिन्छ।

बचत निक्षेपको हिस्सा बढ्यो

राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म कुल निक्षेपमा बचत निक्षेपको हिस्सा ४७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष बचत निक्षेपको हिस्सा ३६.८ प्रतिशत थियो।

त्यस्तै, चल्ती निक्षेपको हिस्सा ८.१ प्रतिशत रहेको छ। मुद्दती निक्षेपको हिस्सा भने घटेको छ। अघिल्लो वर्ष ४८.३ प्रतिशत रहेको मुद्दती निक्षेपको हिस्सा गत आवमा ३५.३ प्रतिशतमा झरेको छ। ब्याजदरमा आएको गिरावटका कारण मुद्दती निक्षेपप्रतिको आकर्षण घटेको देखिन्छ।

तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई दबाब

बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ठूलो मात्रामा तरलता प्रशोचन गरेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा निक्षेप संकलन बोलकबोलमार्फत ३६ खर्ब २० अर्ब ३० करोड रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत ३८ हजार ४ सय ९५ अर्ब रुपैयाँ तथा नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत ४० खर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो।

यस अवधिमा ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। उपलब्ध तथ्यांकले बैंकिङ प्रणालीमा रहेको स्रोतको ठूलो हिस्सा उत्पादनशील क्षेत्रमा कर्जा विस्तारमार्फत परिचालन हुन नसकेको संकेत गर्छ।

उत्पादनशील क्षेत्रमा कर्जा माग बढाउनुपर्ने

निक्षेप र कर्जाबीच बढ्दै गएको अन्तरलाई कम गर्न उत्पादनशील क्षेत्रमा कर्जाको माग बढाउने वातावरण निर्माण गर्नुपर्ने देखिएको छ। लगानीको विश्वास अभिवृद्धि, निजी क्षेत्रको लगानी विस्तार तथा उपलब्ध वित्तीय स्रोतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलतालाई अर्थतन्त्रको सक्रियतासँग जोड्न सकिने देखिन्छ।

निक्षेप निरन्तर बढ्ने तर कर्जा विस्तार सुस्त रहने अवस्था लामो समय कायम रहेमा बैंक तथा वित्तीय संस्थाको आम्दानी, लगानीको प्रतिफल र समग्र वित्तीय स्रोत परिचालनमा समेत असर पर्न सक्ने जानकारहरूको बुझाइ छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।