
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कार्तिकमा आयोजना हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ अर्थात् कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ।
प्रतियोगिताका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ। सहभागी आठवटै फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइरहेका छन्।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। दुवै संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो।
तेस्रो संस्करणमा पनि आठ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ। उपाधिका लागि टोलीहरूले नेपाली तथा विदेशी खेलाडी सम्मिलित बलियो टोली निर्माणमा जोड दिइरहेका छन्।
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीको सहभागितामा ‘भिजन टु भ्यालु कन्क्लेभ’ सम्पन्न गरेको छ।
पोखरास्थित ग्राण्ड होटलमा साउन १९ र २० गते आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, सञ्चालक भरतलाल तोदी, प्रमुख कार्यकारी अधिकृत ९सीईओ० शिवनाथ पाण्डे, डेपुटी सीईओ निराजन कँडेलसहित उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो।
कम्पनीका देशभर रहेका १६९ वटै शाखाका प्रमुख, मार्केटिङ कर्मचारी तथा विभिन्न विभागीय प्रमुखहरू कन्क्लेभमा सहभागी भएका थिए।
कन्क्लेभमा कम्पनीको वार्षिक व्यावसायिक समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षका लागि व्यवसायिक रणनीति तय गर्ने विषयमा छलफल भएको थियो। कम्पनीले शाखा प्रमुखहरूलाई एकै ठाउँमा भेला गराई अनुभव आदानप्रदान तथा आगामी व्यवसायिक योजनाबारे छलफल गरेको जनाएको छ।
कार्यक्रममा सीईओ शिवनाथ पाण्डेले बीमाको बजार व्यवस्थापन, बीमितको हित, अन्डरराइटिङको महत्व, सम्पत्ति शुद्धीकरण तथा बीमा फ्रड न्यूनीकरणलगायत विषयमा प्रशिक्षण दिएका थिए।
कन्क्लेभमा सहभागी शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरूले आफ्ना अनुभव, कार्यस्थलमा देखिएका चुनौती तथा व्यवसाय विस्तारका नयाँ योजनाबारे धारणा राखेका थिए। साथै, आपसी अनुभव आदानप्रदानले सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै उत्कृष्ट बीमा सेवा प्रदान गर्न प्रेरणा मिलेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कन्क्लेभले शाखागत अनुभव, व्यवसायिक सोच र आगामी रणनीतिलाई एकीकृत गर्दै कम्पनीको सेवा तथा व्यवसाय विस्तारमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।








काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमाससम्ममा ११ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष ६८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो।
कम्पनीका अनुसार विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि तथा वित्तीय खर्चमा आएको कमीले नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २३.३४ प्रतिशतले बढेर ४३ करोड ११ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३०।३४ प्रतिशत र सञ्चालन मुनाफा ५१.१३ प्रतिशतले वृद्धि भएको छ।
यता, कम्पनीको वित्तीय खर्च भने २१.
४० प्रतिशतले घटेको छ। वित्तीय खर्चमा आएको कमी र सञ्चालन आम्दानीमा भएको सुधारले कम्पनीको समग्र नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ।
नाफामा फर्किएसँगै कम्पनीको प्रतिशेयर आम्दानी ९ईपीएस० समेत धनात्मक बनेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ६८ पैसा ऋणात्मक रहेको ईपीएस गत आर्थिक वर्षको अन्त्यसम्म ११ रुपैयाँ १३ पैसा पुगेको छ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५७ पैसा कायम भएको छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५७ लाख १५ हजार रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।
विद्युत् बिक्री आम्दानीमा वृद्धि, सञ्चालन मुनाफामा सुधार र वित्तीय खर्चमा कमी आएपछि माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको देखिएको छ।




