काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बीच पाँच प्रदेशमा प्रदेश सरकार गठन तथा राजनीतिक सहकार्यका विषयमा तीन बुँदे सहमति भएको छ।

शनिबार भएको सहमतिअनुसार मधेस र गण्डकी प्रदेशबाहेक अन्य पाँच प्रदेशमा दुई दलबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गरिएको छ।
सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।
प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्या समाधान गर्ने उद्देश्यले दुई दलबीच सहमति भएको जनाइएको छ।
सहमति पत्रमा ८८नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले हस्ताक्षर गरेका छन्।
दुई दलबीच भएको सहमतिले प्रदेश सरकार सञ्चालनलाई प्रभावकारी बनाउँदै बजेट निर्माण तथा कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने
अपेक्षा गरिएको छ।











