२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

सङ्घीयतामाथिको प्रहार खतरनाक छ स् बाबुराम भट्टराई


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपालको विशिष्ट जातीय, भाषिक तथा क्षेत्रीय विविधता र ऐतिहासिक विभेदलाई सम्बोधन गर्न संविधानसभाबाट संस्थागत गरिएको सङ्घीयतामाथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नसमेत सङ्घीयता महत्वपूर्ण रहेको बताएका छन्।

देशको इतिहास र धरातलीय यथार्थबारे पर्याप्त जानकारी नरहेको नयाँ पुस्ताले सङ्घीयताप्रति आशङ्का गर्नु स्वाभाविक भए पनि पुराना दलका सत्तालोभी नेताहरूले जरा गाड्न नसकेको प्रणालीप्रति भ्रम फैलाउनु खतरनाक रहेको उनको भनाइ छ। उनले पुराना दलहरूले ‘मुखमा रामराम, बगलीमा छुरा’ भनेझैँ व्यवहार गरिरहेको आरोपसमेत लगाए।

विशेषगरी प्रदेश सरकारहरूलाई पुराना दलका शीर्ष नेताहरूले अस्थिर र प्रभावहीन बनाएर जनतामा सङ्घीयताप्रति वितृष्णा पैदा गर्ने काम भइरहेको भन्दै भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै शक्तिलाई गम्भीर बन्न आग्रह गरेका छन्।

वर्तमान निर्वाचन प्रणालीका कारण कुनै एक दलको स्पष्ट बहुमत आउन कठिन रहेको अवस्थामा आवश्यक सुधार नभएसम्म प्रदेशसभामा हरेक छ–छ महिनामा सरकार वा गठबन्धन फेरिरहनु गलत हुने उनको धारणा छ।

उनले विचार, नीति र कार्यक्रम मिल्ने दलहरूबीच पूरै कार्यकालका लागि स्थायी गठबन्धन बनाएर सरकार सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। अन्य दलहरूले भने जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, सबैभन्दा ठूलो दललाई सरकार सञ्चालनको जिम्मेवारी दिएर अन्य दलहरू बाहिरै बसेर सरकारका कामको गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने विकल्प पनि उनले अघि सारेका छन्।

भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान कायम रहे मात्र सबैको भविष्य सुरक्षित हुने बताएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।