२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

काठमाडौं । भोटेकोशी बाढीपछि दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको उपभोक्ताहरूले गुनासो गरिरहेका बेला काठमाडौँ जिल्ला उद्योग वाणिज्य संघले बजारको मूल्य अवस्थाबारे अध्ययन सार्वजनिक गरेको छ।

संघले गत वर्षको असोज १ गते र यस वर्षको असोज १ गतेको मूल्य तुलना गर्दै काठमाडौं उपत्यकामा ४९ प्रकारका दैनिक उपभोग्य वस्तुको अध्ययन गरेको जनाएको छ।

अध्ययनअनुसार २४ वस्तुको मूल्य बढेको, १४ वस्तुको मूल्य स्थिर रहेको र ११ वस्तुको मूल्य घटेको पाइएको छ। संघले समग्र बजारमा चर्चा भएजस्तो अस्वाभाविक मूल्यवृद्धि नदेखिएको दाबी गरेको छ।

संघका अनुसार २०८२ असोज १ गतेको तुलनामा २०८३ असोज १ गतेको बजार मूल्य अध्ययन गर्दा समग्र मूल्यवृद्धि अत्यधिक नरहेको देखिएको हो।

कुन–कुन वस्तुको मूल्य बढ्यो?

अध्ययनअनुसार धनियाँको दाना प्रतिकिलो २४० रुपैयाँबाट बढेर ३९० रुपैयाँ पुगेको छ। त्यस्तै धनियाँ पाउडर ३०० बाट ४५० रुपैयाँ, सूर्यमुखी तेल प्रतिलिटर २४५ बाट ३१५ रुपैयाँ र भटमासको तेल २४५ बाट ३०० रुपैयाँ पुगेको छ।

काँचो बदाम प्रतिकिलो २२० बाट २६० रुपैयाँ र बेसार पाउडर ४५० बाट ५२५ रुपैयाँ पुगेको संघले जनाएको छ।

यस्तै, डाल्डा घ्यू प्रतिकिलो २५० बाट २९० रुपैयाँ, लङ्ग ग्रेन बासमती चामल १७० बाट १९५ रुपैयाँ र ताइचिन चिउरा १७० बाट १९० रुपैयाँ पुगेको छ।

भुटेको तोरीको तेल प्रतिलिटर ४१० बाट ४६० रुपैयाँ तथा काँचो तोरीको तेल ३६० बाट ४०० रुपैयाँ पुगेको अध्ययनले देखाएको छ।

केही दाल तथा खाद्यान्नको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। सानो चना १४५ बाट १५० रुपैयाँ, सेतो केराउ १३५ बाट १४० रुपैयाँ र ज्वानो ५५० बाट ५५५ रुपैयाँ पुगेको छ।

केही वस्तुको मूल्य घट्यो

अध्ययनले केही दैनिक उपभोग्य वस्तुको मूल्य भने घटेको पनि देखाएको छ।

नेपाली घ्यू प्रतिलिटर १ हजार ४ सय रुपैयाँबाट घटेर १ हजार ३ सय रुपैयाँ कायम भएको छ। सानो केराउ २८० बाट २५० रुपैयाँ, मस्यौरा २०० बाट १८० रुपैयाँ र तराई ताइचिन चिउरा १०० बाट ९० रुपैयाँमा झरेको छ।

त्यस्तै सेतो सिमी २५० बाट २४० रुपैयाँ, जिरा पाउडर ८०० बाट ७७५ रुपैयाँ र रहरको दाल २२५ बाट २२० रुपैयाँमा झरेको संघले जनाएको छ।

राजमा प्रतिकिलो २६५ बाट २५० रुपैयाँ, मस्याङ १७० बाट १६० रुपैयाँ, आटा ८० बाट ७५ रुपैयाँ र मकैको पीठो ९० बाट ८५ रुपैयाँमा झरेको अध्ययनमा उल्लेख छ।

केही वस्तुको मूल्य यथावत्

केही खाद्यवस्तुको मूल्य भने एक वर्षको अवधिमा परिवर्तन नभएको पाइएको छ।

त्रिशूलीको पोखरेली चामल प्रतिकिलो १२० रुपैयाँ र स्टिम सोना चामल ७५ रुपैयाँमा स्थिर रहेको छ।

त्यस्तै चना दाल १७० रुपैयाँ, खुर्सानी पाउडर ६०० रुपैयाँ, कालो भटमास २५० रुपैयाँ, कैलो तिल ३५० रुपैयाँ र सेतो तिल ३५० रुपैयाँमा स्थिर रहेको संघले जनाएको छ।

गहुँ ७० रुपैयाँ, जौ १३० रुपैयाँ, सुजी १३० रुपैयाँ, मसिनो चामलको पिठो १७५ रुपैयाँ, बेसन २४० रुपैयाँ र मेथी २०० रुपैयाँ प्रतिकिलोमा स्थिर रहेको अध्ययनको निष्कर्ष छ।

बोडी प्रतिकिलो १७० रुपैयाँ र मकै ६० रुपैयाँमा स्थिर रहेको पाइएको छ।

संघको अध्ययनले केही वस्तुको मूल्य उल्लेख्य रूपमा बढेको देखाए पनि धेरै वस्तुको मूल्य स्थिर वा घटेको समेत देखाएको छ। यसले भोटेकोशी बाढीपछि बजारमा व्यापक मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको अनुभव र समग्र बजार मूल्यबीच फरक अवस्था रहेको देखाएको छ। बजारमा वास्तविक मूल्य अवस्था बुझ्न नियमित अनुगमन र वस्तुगत तथ्यांक आवश्यक देखिन्छ।

काठमाडौं । यस वर्षको दसैंमा सर्वसाधारणले विगतका वर्षमा पाउँदै आएका दुईवटा सरकारी सुविधा नपाउने भएका छन्। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैं लक्षित खसी–च्याङ्ग्रा बिक्री नगर्ने भएको छ भने नेपाल राष्ट्र बैंकले पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण नगर्ने तयारी गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अघिल्लो वर्षदेखि नै दसैंमा खसी तथा च्याङ्ग्रा बिक्री कार्यक्रम सञ्चालन गरेको छैन। यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता नदिइने भएको हो।

सरकारी सहुलियतमा खसी–च्याङ्ग्रा बिक्री नहुँदा दसैंको समयमा बजारमा मूल्य नियन्त्रण चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ। सरकारी बिक्री केन्द्रको अभावमा निजी व्यवसायी तथा बिचौलियाको प्रभाव बढ्न सक्ने र आपूर्ति व्यवस्थामा समस्या आए मूल्य बढ्न सक्ने चिन्ता छ।

यद्यपि, स्वदेशी किसानले उत्पादन गरेका खसी–च्याङ्ग्राले बजारमा उचित मूल्य पाउने अवसर बढ्न सक्ने अनुमान पनि गरिएको छ। बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन सरकारले प्रभावकारी अनुगमन र आपूर्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने सरोकारवालाहरूको धारणा छ।

नयाँ नोट पनि नपाइने

यसैगरी, नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ। यससम्बन्धी औपचारिक जानकारी राष्ट्र बैंकले चाँडै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

राष्ट्र बैंकले मुलुकका विभिन्न क्षेत्रमा पछिल्लो समय आएको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गर्न लागेको जनाएको छ।

विपद्का कारण भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको, धेरै नागरिक प्रभावित तथा विस्थापित भएको र पुनःस्थापनाका लागि ठूलो वित्तीय स्रोत आवश्यक पर्ने अवस्था रहेको राष्ट्र बैंकको निष्कर्ष छ।

त्यसैगरी, विपद्को प्रभाव बैंकिङ क्षेत्रका ऋणी, व्यवसायी तथा समग्र अर्थतन्त्रमा समेत परेको भन्दै त्यसको मूल्यांकन भइरहेको राष्ट्र बैंकले जनाएको छ। सरकारको विपद्पछिको आवश्यकताको पूर्ण मूल्यांकन प्रतिवेदनसमेत आउन बाँकी रहेको अवस्थामा नयाँ नोट बजारमा पठाउनुभन्दा अन्य प्राथमिकतामा स्रोत परिचालन गर्नुपर्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो।

यससँगै यस वर्षको दसैंमा विगतका वर्षमा जस्तो सरकारी सहुलियतको खसी–च्याङ्ग्रा र नयाँ नोट वितरण दुवै नहुने भएको छ। यस्तो अवस्थामा बजारमा मूल्यवृद्धि नियन्त्रण, आपूर्ति सहजता र उपभोक्ता हित संरक्षणका लागि सरकारी निकायको अनुगमन अझ महत्वपूर्ण हुने देखिएको छ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्नुभएकाे छ । राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन उहाँ अमेरिकातर्फ प्रस्थान गर्नुभएकाे हाे ।

भीभीआईपी टर्मिनल प्रयोग नगरी उहाँले त्यसतर्फ लाग्नुभएकाे हाे । उहाँ कतार एअरवेयजमा दोहा ट्रान्जिट हुँदै न्युयोर्क पुग्नेछन् ।

प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने तालिका छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।