२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

सिन्धुपाल्चोक । संविधान दिवसको अवसरमा इन्द्रावती गाउँपालिकाले माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको उपस्थितिमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले संविधान, लोकतन्त्र, नागरिक अधिकार तथा राष्ट्र निर्माणमा युवाको भूमिकालगायत विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
त्यसैगरी, गाउँपालिका कार्यालय नजिकै रहेको भृकुटी पार्कमा सरसफाइ कार्यक्रम समेत सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले पार्क तथा आसपासको क्षेत्रमा सरसफाइ गर्दै सार्वजनिक स्थल स्वच्छ र सुन्दर राख्नुपर्ने सन्देश दिएका थिए।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीमा संवैधानिक चेतना अभिवृद्धि गर्नुका साथै सार्वजनिक स्थलको संरक्षण र सरसफाइप्रति सामूहिक जिम्मेवारीको भावना विकास गर्न सहयोग पुगेको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा सहभागी भई सरसफाइ अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति इन्द्रावती गाउँपालिका परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

सिन्धुपाल्चोक । पाँचपोखरी प्राथमिक अस्पतालमा एघारौँ संविधान दिवस–२०८३ को अवसरमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ।
पाँचपोखरी प्राथमिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षज्यू, वडा अध्यक्षज्यू, सञ्चालन समितिका सदस्यज्यूहरू, स्वास्थ्य शाखा प्रमुखज्यू तथा अस्पतालमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै संविधान दिवसको शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै पाँचपोखरी प्राथमिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षज्यूले संविधान दिवस मनाउनुको उद्देश्य संविधानमा व्यवस्था गरिएका अधिकार र व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले संविधानप्रति नागरिकको अपनत्व र जिम्मेवारीबोध बढाउँदै संविधानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्षले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक तथा अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न राज्यका सबै तह र निकाय जिम्मेवार हुनुपर्ने बताउँदै स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच र गुणस्तरीय सेवा प्रवाहमार्फत संविधानको मर्मलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागीको तर्फ बाट बोल्दै अस्पताल प्रशासन प्रमुख सरोज धितालले संविधानको संरक्षण र कार्यान्वयनसँगै जनताको मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवालाई थप प्रभावकारी, सहज र सर्वसुलभ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमले अस्पताल परिवारमा संविधानप्रति सम्मान, नागरिकप्रतिको जिम्मेवारी तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता अभिव्यक्त गरेको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।