
काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हटाएको छ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै साेमबार राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाएको जनाएकाे हाे। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको उक्त कर्फ्यू मंगलबार बिहान सवाँ १२ बजेदेखि खुला गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।
यसअघि केन्द्रिय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका–३ र ६ को पूर्वीसीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल) पश्चिममा कोशी व्यारेजको पुल तथा उत्तर र दक्षणि तर्फ राजर्माको २ सय मटिरको दुरीमा कफ्यू आदेश जारी गरेको थियाे। देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायकोबीच आइतबार राति भएको झडप नियन्त्रणमा लिन खोज्दा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।



काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड तथा वार्ताका क्रममा प्रहरीबाट भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको हो।
साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा। प्रमोद रामलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको थियो। घटनामा अस्पताल परिसरमा समेत तोडफोड भएको संघले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका डा। राम उपचाररत छन्।
घटनाका दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भइरहेको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखले प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा नारायणी शाखा अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरेको संघको आरोप छ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पताल तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन, २०७९०’ बमोजिम कारबाही गर्न माग गरेको छ।
त्यस्तै, चिकित्सकमाथि मानमर्दन तथा दुर्व्यवहारमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत कारबाही गर्न संघले माग गरेको छ।
अध्यक्ष डा। बद्री रिजाल र महासचिव डा। विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका कारण बिरामीमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै त्यसको जिम्मेवार नेपाल सरकार स्वयं हुने उल्लेख गरिएको छ।
काठमाडौँ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमाससम्म वित्तीय सूचकमा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३८।०१ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड २५ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ४४।४४ प्रतिशतले बढेर ५ अर्ब १६ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २ अर्ब १० करोड २९ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा ३४।६६ प्रतिशतले बढेको हो। यससँगै प्रतिशेयर वितरणयोग्य नाफा २०.८५ रुपैयाँ पुगेको छ। यो रकमलाई बैंकले अनिवार्य रूपमा सोही दरमा लाभांश वितरण गर्ने अर्थमा भने लिन मिल्दैन।
सानिमा बैंकको खुद ब्याज आम्दानी १० प्रतिशतले बढेर ६ अर्ब ९९ करोड १६ लाख रुपैयाँ पुगेको छ। खुद शुल्क तथा कमिसन आम्दानी पनि बढेर १ अर्ब ३२ करोड ८१ लाख रुपैयाँ पुगेको छ।
नाफा वृद्धिमा कर्जा नोक्सानीसम्बन्धी इम्पेयरमेन्ट चार्ज घट्नुको समेत महत्वपूर्ण भूमिका देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिमा घटेर १ अर्ब ७ करोड ७८ लाख रुपैयाँ मा सीमित भएको छ।
बैंकको प्रतिशेयर आम्दानी ९भ्एक्० २५.७५ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १८.९४ रुपैयाँ रहेको भ्एक् मा करिब ३६ प्रतिशत सुधार भएको हो। इक्विटीमाथिको प्रतिफल ९च्इभ्० ११.७० प्रतिशतबाट बढेर १४।३९ प्रतिशत तथा सम्पत्तिमाथिको प्रतिफल ९च्इब्० १.०३ प्रतिशतबाट बढेर १.२८ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप २ खर्ब ४९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ११.२६ प्रतिशतले बढेको हो। त्यस्तै, कर्जा तथा सापटी ११.०२ प्रतिशतले बढेर १ खर्ब ९५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।
बैंकको कुल निष्क्रिय कर्जा ९ल्एी० अनुपात ३.०१ प्रतिशतबाट घटेर २।८७ प्रतिशत मा झरेको छ। यस्तै, कर्जा नोक्सानी व्यवस्थापन र निष्क्रिय कर्जाबीचको अनुपात १२१.८० प्रतिशतबाट बढेर १३२.८६ प्रतिशत पुगेको छ।
समग्रमा सानिमा बैंकले नाफा, वितरणयोग्य नाफा, भ्एक्, च्इभ्, च्इब् तथा प्रोभिजन कभरेजमा सुधार गरेको छ। निक्षेप र कर्जाको सन्तुलित विस्तार तथा ल्एी मा आएको कमीले बैंकको वित्तीय अवस्थामा सुधारको संकेत गरेको छ। यद्यपि, यो अपरिष्कृत वित्तीय विवरण भएकाले अन्तिम लेखापरीक्षणपछि केही सूचकमा परिवर्तन हुन सक्नेछ।




