२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल (सिडीईसीएफ नेपाल)को २७ औँ वार्षिक साधारण सभा एवम् ११ औँ अधिवेशन सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका-७ सिपापोखरे स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न अधिवेशनले पुन: रामजी थापाको अध्यक्षतामा नौ सदस्ययीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष , महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश ईश्वरीप्रसाद अधिकारी, सरस्वती अधिकारी, नरेन्द्र आचार्य र लक्ष्मी कोइराला रहनु भएको छ । त्यसै गरी समितिको सदस्यहरुमा मुरारीप्रसाद सापकोटा, मानबहादुर वयलकोटी, मने माझी र कुसुम दनुवार चयन हुनु भएको छ ।अधिवेशनले डुमबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति छनौट गरेको छ । समितिको सदस्यहरुमा गणेश जंग शाही र रिता सापकोटा रहनु भएको छ । त्यसै गरी संस्थाका पूर्व अध्यक्ष शारदाप्रसाद सापकोटाको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति चयन भएको छ । सल्लाकार समिति सदस्यहरुमा केदारनाथ आचार्य , राधा सापकोटा, राधिका तिमल्सिना, सञ्चमाया तामाङ, गोपाल विक र रामप्रसाद श्रेष्ठ रहनु भएको छ । अधिवेशनसँगै संस्थाको सामाजिक लेखा परीक्षण समेत सम्पन्न भएको छ ।यस अघि कार्यक्रमको उद्वघाटन गर्दै इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले संस्थाको सहयोगबाट विपन्न परिवारको वार्षिक आम्दानी वृद्वि भई उनीहरुको जीविकोपार्जनमा टेवा पुगेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपालले संस्थाबाट सञ्चालन भएका कार्यक्रम व्यवस्थित, पारदर्शी र प्रभावकारी भएकोमा खुसी व्यक्त गर्नुहुँदै आगामी दिनमा अझ जन अपेक्षा योजना र गुस्तरीय कार्यसम्पादनमा जोड दिनुभयो । साधारण सभाले आर्थिक बर्ष २०८१/०८२ को प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।