सुचना प्रविधि - Digital chautari https://digitalchautari.com Thu, 12 Feb 2026 12:29:57 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://digitalchautari.com/wp-content/uploads/2024/05/cropped-digitalo-32x32.jpg सुचना प्रविधि - Digital chautari https://digitalchautari.com 32 32 दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि https://digitalchautari.com/archives/9526 https://digitalchautari.com/archives/9526#respond Thu, 12 Feb 2026 12:29:57 +0000 https://digitalchautari.com/?p=9526 दैलेख। यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो। खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो […]

The post दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि first appeared on Digital chautari.

]]>
दैलेख। यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो।

खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो। यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो। थप परीक्षण र अन्तिम अध्ययनले पूर्वअनुमानभन्दा निकै ठूलो परिमाणमा ग्यास रहेको प्रमाणित गरेको उनले बताए।

भण्डारण पुष्टि भए पनि यसको व्यावसायिक उत्पादन र उत्खनन क्षमताको वास्तविक जानकारी भने ‘वेल टेस्टिङ’पछि मात्र प्राप्त हुने विभागले जनाएको छ। प्रवक्ता खड्काले भने, ‘अहिले हामीले भण्डारणको आकार मात्र पत्ता लगाएका हौँ। वेल टेस्टिङ नगरी कति ग्यास बाहिर निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्नेबारे परीक्षण नगरेसम्म अन्तिम टुङ्गो लाग्दैन।’

उgका अनुसार अबको चरणमा ‘ड्रिल’ गरिएको स्थानमा अन्य उपकरण प्रयोग गरी चट्टान फुटाउने वा प्राकृतिक ग्यासलाई विस्थापित गर्ने प्रक्रिया अपनाइनेछ। त्यसपछि निस्कने ग्यासमा भएका तत्वको प्रयोगशाला परीक्षण गरिनेछ र मात्र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।

नेपाल सरकार र चीनको जियोलोजिकल सर्वेबीच रु दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो। सोहीअनुसार चिनियाँ टोलीलेः सेस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोटेल्युरिक सर्वे र जियोकेमिकल सर्वे सम्पन्न गरिसकेको विभागका प्रवक्ता खड्काले जानकारी दिए।

उनका अनुसार हाल प्राप्त अन्तिम प्रतिवेदन माथि विभागले थप अध्ययन गरिरहेको छ भने बाँकी कामका लागि अनुदान सहयोग गरिदिन नेपाल सरकारले चीन सरकारलाई आग्रह गरेको छ। विज्ञहरूका अनुसार दैलेखमा फेला परेको ग्यास अमेरिकामा उत्खनन गरिने ‘शेल वा टाइट ग्यास’ प्रकृतिको छ। यस्तो ग्यास चट्टानका पत्रमा च्यापिएर रहने भएकाले यसलाई निकाल्न निकै कठिन हुन्छ।

व्यावसायिक प्रयोजनका लागि निकाल्न चट्टान फोडेर ग्यास निकाल्नुपर्ने चुनौती छ। दैलेखमा परापूर्वकालदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रलाई आधार मानेर २०७६ असोजदेखि अन्वेषण सुरु गरिएको थियो। फागुन २१ हुन लागेको निर्वाचनमा पनि दैलेखका राजनीतिक दलले यो ग्यास उत्खननलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन्। रासस

The post दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि first appeared on Digital chautari.

]]>
https://digitalchautari.com/archives/9526/feed 0
निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी https://digitalchautari.com/archives/9507 https://digitalchautari.com/archives/9507#respond Thu, 05 Feb 2026 11:43:23 +0000 https://digitalchautari.com/?p=9507 काठमाडौं। निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार-प्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार-प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ। आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०, निर्वाचन आचारसंहिता, […]

The post निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी first appeared on Digital chautari.

]]>
काठमाडौं। निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार-प्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार-प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।

आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०, निर्वाचन आचारसंहिता, २०८२ को दफा १६, आयोगको माघ ८ को निर्णय तथा नेपाल राष्ट्र बैंकले माघ १२ मा जारी गरेको निर्देशनका आधारमा यो कार्यविधि ल्याइएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकिङ कारोबार गर्न इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशनअनुसार निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई पारदर्शी र अनुशासित बनाउने लक्ष्य राखिएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचार-प्रसारका लागि प्राप्त गर्ने आर्थिक सहयोग, चन्दा तथा सम्पूर्ण खर्च यही विशेष बैंक खातामार्फत गर्नुपर्नेछ। नगद कारोबारलाई निरुत्साहित गर्दै सबै आम्दानी–खर्चको स्पष्ट अभिलेख राख्न यो व्यवस्था गरिएको जनाइएको छ।

कार्यविधिअनुसार राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसारका लागि बैंक खाता खोल्न निर्वाचन आयोगको सचिवालयबाट सिफारिस लिनुपर्ने छभने उम्मेदवारहरूको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस गरिने व्यवस्था गरिएको छ।

सिफारिसका आधारमा मात्र तोकिएका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न पाइनेछ। खाता सञ्चालन, कारोबारको सीमा, विवरण पेस गर्ने प्रक्रिया तथा अनुगमनसम्बन्धी प्रावधानहरू पनि कार्यविधिमा समेटिएका छन्।

निर्वाचन आयोगले मातहतका सबै निर्वाचन कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूलाई कार्यविधिअनुसार आवश्यक काम कारबाही गर्न निर्देशन दिएको छ। साथै, राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूलाई समेत यस व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्रिय सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ।

आयोगले निर्वाचन प्रचार–प्रसार खर्चलाई आधुनिक बैंकिङ प्रणालीसँग जोडेर सुसंस्कृत व्यवहारको थालनी भएको उल्लेख गर्दै यसले निर्वाचन प्रक्रियाप्रति जनविश्वास बढाउने दाबी गरेको छ।

आयोगको यो कदमलाई निर्वाचन खर्च व्यवस्थापनमा सुधारतर्फको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ। विगतका निर्वाचनमा प्रचार-प्रसार खर्चको यथार्थ विवरण नआउनु, नगद कारोबार बढी हुनु र खर्चको सीमा उल्लंघनसम्बन्धी गुनासो बढ्दै गएको सन्दर्भमा नयाँ कार्यविधिले पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ। बैंकिङ प्रणालीमार्फत हुने कारोबारले स्रोतको पहिचान, खर्चको ‘ट्र्याकिङ’ र पछि हुने लेखापरीक्षणलाई सहज बनाउने आयोगको विश्वास छ।

The post निर्वाचन खर्च अनिवार्य बैंक खाताबाट गर्ने कार्यविधि जारी first appeared on Digital chautari.

]]>
https://digitalchautari.com/archives/9507/feed 0
सुदूरपश्चिममा २२ हजार बढी प्रहरी खटाइँदै https://digitalchautari.com/archives/9473 https://digitalchautari.com/archives/9473#respond Mon, 02 Feb 2026 08:17:13 +0000 https://digitalchautari.com/?p=9473 काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ७ हजार बढी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले ९ वटै जिल्लामा हुने निर्वाचन लक्षित सुरक्षा चुनौती विश्लेषण गर्दै सात हजार ५८ जना प्रहरी परिचालन गर्ने जानकारी दिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले सात […]

The post सुदूरपश्चिममा २२ हजार बढी प्रहरी खटाइँदै first appeared on Digital chautari.

]]>
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ७ हजार बढी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले ९ वटै जिल्लामा हुने निर्वाचन लक्षित सुरक्षा चुनौती विश्लेषण गर्दै सात हजार ५८ जना प्रहरी परिचालन गर्ने जानकारी दिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले सात हजार ५८ जना नेपाल प्रहरी र १३ हजार ६६९ जना निर्वाचन प्रहरी खटाइने जानकारी दिए । सशस्त्र प्रहरीतर्फ भने एक हजार ५१९ निर्वाचन प्रहरी रहनेछन् ।

२१ फागुनमा हुने निर्वाचनका लागि सुदूरपश्चिममा १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन् । उनीहरू मध्ये आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरूष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलको वर्गीकरण गर्दै सोही अनुसार व्यवस्था मिलाइएको छ । एसएसपी विष्टका अनुसार सुदूरपश्चिममा एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये मतदान स्थल ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

यस्तै मतदान केन्द्रतर्फ ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशीलको सूचीमा छन् । सामान्यमा मतदान केन्द्रमा ५ जना, संवेदनशीलमा ६ जना र अतिसंवेदनशीलमा १० जना प्रहरी परिचालन हुनेछन् ।

मतदान स्थलको भित्री सुरक्षामा उनीहरू परिचालन भएपनि बाहिरी सुरक्षामा भने थप प्रहरी खटाइने छ । सुदूरपश्चिम प्रदेशमा योपटक २४ राजनीतिक दलले निर्वाचनमा भाग लिएका छन् ।

विगतका निर्वाचनमा भएका घटना लगायतका आधारमा बाजुरा, बझाङ, अछाम र दार्चुलालाई अतिसंदेनशीलको सूचीमा राखेको छ । यी जिल्लाका मतदान स्थल र मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

The post सुदूरपश्चिममा २२ हजार बढी प्रहरी खटाइँदै first appeared on Digital chautari.

]]>
https://digitalchautari.com/archives/9473/feed 0
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान https://digitalchautari.com/archives/9470 https://digitalchautari.com/archives/9470#respond Mon, 02 Feb 2026 08:11:16 +0000 https://digitalchautari.com/?p=9470 काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन्। उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका […]

The post राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान first appeared on Digital chautari.

]]>
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन्। उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन्। उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्न चाहेकाे बताए।

“हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियासहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ”, राष्ट्रपति पौडेलले भने।

उनले नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताए।

राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले हामी आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गर्दै भने, “गौतमबुद्धले भनेका थिए-शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन।”

उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे।

“नेपालमा लगानी गरे धन पनि हुन्छ! धर्म पनि हुन्छ,” उनले भने, “नेपाल र जापानबीच सद्भाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको छ, आज यहाँको व्यापारिक समुदायको उत्साहजनक सहभागिता नेपाल र जापानबीच तीव्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुनेछ भन्ने मेरो विश्वास छ।”

दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ऐतिहासिक ७०औँ वार्षिकोत्सव भएको तथा हाम्रा सम्बन्धहरू सरकारी मात्र होइन जनस्तरमा पनि प्रगाढ हुँदै गएको सन्दर्भमा नेपालको सामाजिक-आर्थिक विकास प्रयासमा एक विश्वसनीय विकास साझेदारका रूपमा दशकौंदेखि जापानले गरेको सहयोगको उनले उच्च प्रशंसा गरे।

राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतासँगै नेपालको प्रयासहरू सामाजिक न्याय, सुशासन र जनताको समृद्धि प्राप्तिमा केन्द्रित रहेको छ भने। साथै, यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नु हाम्रो लागि अर्को महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ थियो।

“यस्तो अभियानमा ठूलो स्रोतसाधनको आवश्यकता पर्छ, अन्य कुराका अलावा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा अत्यधिक विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर-आबद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने एवं उच्चस्तरीय प्रविधि हासिल गर्नेमा ध्यान केन्द्रित गरिएको छ,” राष्ट्रपति पौडेलले भने।

उनले आजको समयमा आन्तरिक रूपमा सरकार र निजी क्षेत्रले हातेमालो नगरी एवम् बाह्य रूपमा अन्य मुलुकसँग साझेदारी अघि नबढाई कुनै पनि देश समृद्ध हुन नसक्ने विचार व्यक्त गरे।

उदार आर्थिक नीतिहरूको पालना गर्दै नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगलगायत लगभग हरेक क्षेत्रलाई विदेशी लगानीका लागि खुला गरेको तथा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न व्यापक कानुनी, प्रक्रियागत तथा संस्थागत सुधारहरू गरेको उनको भनाइ थियो।

“नेपाल लगानी बोर्डले ठूला लगानीकर्ताहरूलाई एकद्वार सेवा प्रदान गर्दछ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र प्रमुख अन्तरराष्ट्रिय मूल्यांकन एजेन्सीहरूले स्वतन्त्र मूल्यांकनमार्फत नेपालले दक्षिण एसियामै सबैभन्दा अनुकूलमध्येको एउटा व्यावसायिक वातावरण प्रदान गर्ने पुष्टि गरेका छन्”, राष्ट्रपति पौडेलले भने। विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनको बीचमा रहेको नेपालको अवस्थितिले सम्भावित लगानीकर्ताहरूलाई बृहत्तर फाइदा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे।

सो अवसरमा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरेका थिए भने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति राखेका थिए।

कार्यक्रममा जापानी व्यापारिक समुदायका कतिपय सदस्यहरूले नेपालमा यति धेरै लगानीको अवसर रहेको थाहा पाउँदा खुसी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।

The post राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान first appeared on Digital chautari.

]]>
https://digitalchautari.com/archives/9470/feed 0
बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने https://digitalchautari.com/archives/9467 https://digitalchautari.com/archives/9467#respond Mon, 02 Feb 2026 08:08:11 +0000 https://digitalchautari.com/?p=9467 सिमरा। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियान अन्तरगत बारा पुगेका छन्। सोमबार बिहान उनी बारा पुगेका हुन्। उनलाई सिमरा विमानस्थलमा भव्यताका साथ स्वागत गरियो। सोही क्रममा उनले पहिलो पटक सिमरामा आएको भन्दै अब विस्तारै देशभर चुनावी अभियान सुरु गर्ने बताए। उनले भने, ‘अहिले जुन चुनावी अभियान छ, हामीले देशैभर सुरु गरेका छौं। पहिलो […]

The post बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने first appeared on Digital chautari.

]]>
सिमरा। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियान अन्तरगत बारा पुगेका छन्। सोमबार बिहान उनी बारा पुगेका हुन्। उनलाई सिमरा विमानस्थलमा भव्यताका साथ स्वागत गरियो।

सोही क्रममा उनले पहिलो पटक सिमरामा आएको भन्दै अब विस्तारै देशभर चुनावी अभियान सुरु गर्ने बताए। उनले भने, ‘अहिले जुन चुनावी अभियान छ, हामीले देशैभर सुरु गरेका छौं। पहिलो पटक म सिमरामा आएको छु। अब विस्तारै देशैभर आफ्नो चुनावी अभियान सुरु गर्नको लागि आएको हो।’

पार्टीले देशभर १२१ स्थानमा उम्मेदवार उठाएको र प्रतिस्पर्धा गरेको जानकारी दिँदै पूर्वदेखि पश्चिमसम्म धेरै सिटमा जित्ने अपेक्षा गरेको पनि उनको भनाइ छ। साथै, उनले देश र जनताको माग अनुसार सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले रास्वपामा गएको भन्दै त्यो सहमती कार्यान्वयन नभएको पनि बताए।

उनले भने, ‘झापा ५ मा हाम्रो पनि उम्मेदवार हुनुहुन्छ। जनताले गर्नुभएको निर्णय मान्न तयार छौं। जेनजी आन्दोलन, देश र जनताको माग अनुसार हामीले सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले गएका थियौं तर कार्यान्वयन भएन।’

The post बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने first appeared on Digital chautari.

]]>
https://digitalchautari.com/archives/9467/feed 0
देउवासँग दूरी बढाएका गगन ओलीसँग नजिकिँदै! https://digitalchautari.com/archives/9443 https://digitalchautari.com/archives/9443#respond Mon, 02 Feb 2026 07:12:27 +0000 https://digitalchautari.com/?p=9443 काठमाडौं। विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसको पुरानो संस्थापन पक्ष यतिबेला पूर्वसभापति शेरबहादुर देउवाको निवासमा सीमित भएको छ। निर्वाचनको मुखमा आफू पार्टीको प्रमुखबाट हटाइएपछि देउवा यतिबेला बिलखबन्द परेका छन्। देउवा खेमाकै कतिपय नेता गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर यतिबेला चुनावी मैदानमा छन्। तर देउवा दम्पत्तीले टिकट पाएनन्। त्यतिमात्रै होइन, देउवा खेमाबाट […]

The post देउवासँग दूरी बढाएका गगन ओलीसँग नजिकिँदै! first appeared on Digital chautari.

]]>
काठमाडौं। विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसको पुरानो संस्थापन पक्ष यतिबेला पूर्वसभापति शेरबहादुर देउवाको निवासमा सीमित भएको छ। निर्वाचनको मुखमा आफू पार्टीको प्रमुखबाट हटाइएपछि देउवा यतिबेला बिलखबन्द परेका छन्।

देउवा खेमाकै कतिपय नेता गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर यतिबेला चुनावी मैदानमा छन्। तर देउवा दम्पत्तीले टिकट पाएनन्। त्यतिमात्रै होइन, देउवा खेमाबाट एकदम कम नेताले मात्रै टिकट पाएका छन्।

जसको असर आगामी निर्वाचनमा देखिने हो कि भन्ने चिन्ता गगन पक्षीय नेता कार्यकर्तामा देखिन थालेको छ। सभापतिमा निर्वाचन भएपछि गगनले काठमाडौं-४ छोडेर सर्लाही झरेपछि चुनौती थपिएको विश्लेषण हुन थालेको छ। त्यसो त कांग्रेस वृत्तमा एउटा सदावहार भनाइ छ-कांग्रेसलाई अरुले होइन, कांग्रेसले नै हराउँछन्। अर्थात् प्रायः चुनावमा कांग्रेसभित्र अन्तर्घात आम विषय बनिसकेको छ।

२००३ सालको नेपाली राष्ट्रिय कांग्रेसदेखि आजको दिनसम्मको कांग्रेसको ‘दुस्मन’ कांग्रेस नै हो। यसले दाइ भाइ कोही पनि हेर्दैन। यो दाजु मातृकालाई प्रधानमन्त्रीबाट हटाउने भाइ बीपी कोइरालाको पार्टी हो। गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउने पार्टी हो।

The post देउवासँग दूरी बढाएका गगन ओलीसँग नजिकिँदै! first appeared on Digital chautari.

]]>
https://digitalchautari.com/archives/9443/feed 0