डिजिटल चौतारी - Digital chautari https://digitalchautari.com Mon, 20 Apr 2026 12:45:31 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 https://digitalchautari.com/wp-content/uploads/2024/05/cropped-digitalo-32x32.jpg डिजिटल चौतारी - Digital chautari https://digitalchautari.com 32 32 सरकारद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन https://digitalchautari.com/archives/9562 https://digitalchautari.com/archives/9562#respond Mon, 20 Apr 2026 12:45:31 +0000 https://digitalchautari.com/?p=9562 काठमाडौँ । नेपाल सरकार ले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सस्मित पोखरेल ले जानकारी दिए। सर्वोच्च अदालत का पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा आयोग गठन गरिएको हो। सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलका अनुसार आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्व […]

The post सरकारद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन first appeared on Digital chautari.

]]>
काठमाडौँ । नेपाल सरकार ले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सस्मित पोखरेल ले जानकारी दिए।

सर्वोच्च अदालत का पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा आयोग गठन गरिएको हो।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलका अनुसार आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।

यो आयोगले २०६२/६३ पछि सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्नेछ।

The post सरकारद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन first appeared on Digital chautari.

]]>
https://digitalchautari.com/archives/9562/feed 0
आन्तरिक विवादले कमजोर बन्दै नेपाली कांग्रेस https://digitalchautari.com/archives/9559 https://digitalchautari.com/archives/9559#respond Mon, 20 Apr 2026 12:40:23 +0000 https://digitalchautari.com/?p=9559 काठमाडौँ । नेपाली कांग्रेस अहिलेसम्म पनि आन्तरिक विवादको भुमरीबाट उठ्न सकेको छैन। विशेष महाधिवेशनयता सुरु भएको विवाद निर्वाचनका बेला केही मत्थर भए पनि अहिले पुनः उत्कर्षमा पुगेको देखिन्छ। संस्थापन पक्षले अर्को पक्षलाई समेटेर लैजान खासै प्रयास नगर्ने र इतर पक्षले आफूलाई नै आधिकारिक ठान्ने हठका कारण कांग्रेस चुनौतीको चाङमा धकेलिएको विश्लेषण भइरहेको छ। जेनजी आन्दोलन […]

The post आन्तरिक विवादले कमजोर बन्दै नेपाली कांग्रेस first appeared on Digital chautari.

]]>
काठमाडौँ । नेपाली कांग्रेस अहिलेसम्म पनि आन्तरिक विवादको भुमरीबाट उठ्न सकेको छैन।

विशेष महाधिवेशनयता सुरु भएको विवाद निर्वाचनका बेला केही मत्थर भए पनि अहिले पुनः उत्कर्षमा पुगेको देखिन्छ। संस्थापन पक्षले अर्को पक्षलाई समेटेर लैजान खासै प्रयास नगर्ने र इतर पक्षले आफूलाई नै आधिकारिक ठान्ने हठका कारण कांग्रेस चुनौतीको चाङमा धकेलिएको विश्लेषण भइरहेको छ।

जेनजी आन्दोलन पछि भएको मध्यावधि निर्वाचनमा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेको कांग्रेसले राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको थियो। शेरबहादुर देउवा को नेतृत्वमा सम्पन्न १४औँ महाधिवेशनबाट आएको नेतृत्वलाई विशेष महाधिवेशनले प्रतिस्थापन गर्दै युवा पुस्ताको हातमा नेतृत्व पुगेपछि नेता तथा कार्यकर्तामा पनि सकारात्मक अपेक्षा थियो।

जेनजी आन्दोलनको मर्मअनुसार नेतृत्व परिवर्तन भएको भन्दै त्यसबेला कांग्रेसको प्रशंसा समेत भएको थियो। तर निर्वाचनको परिणामले कांग्रेसभित्रको वास्तविक अवस्था उजागर गरिदियो। निर्वाचनका क्रममा १४औँ महाधिवेशन समूह एकातिर र विशेष महाधिवेशन समूह अर्कोतिर उभिनु कांग्रेसका लागि घातक सावित भयो।

देउवा समूह निर्वाचनमा निष्क्रियजस्तै बसेको आरोप लाग्दा अपेक्षाअनुसार परिणाम आउन सकेन। निर्वाचन परिणामलाई आत्मसात गर्दै पार्टीलाई सुदृढ बनाउनेतर्फ लाग्नुपर्ने बेला कांग्रेस भने अहिले दुई धारमा विभाजित देखिएको छ।

यी दुई समूहबीच निरन्तर आरोप–प्रत्यारोप चलिरहेका छन्। आपसी छलफल र सहकार्यको वातावरण बन्न नसक्दा पार्टीभित्रको राजनीतिक तनाव अझ बढ्दै गएको छ।

The post आन्तरिक विवादले कमजोर बन्दै नेपाली कांग्रेस first appeared on Digital chautari.

]]>
https://digitalchautari.com/archives/9559/feed 0
मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग https://digitalchautari.com/archives/9556 https://digitalchautari.com/archives/9556#respond Mon, 20 Apr 2026 12:38:26 +0000 https://digitalchautari.com/?p=9556 मेलम्ची, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर ५ मा अकबरे खुर्सानी खेतीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले प्लास्टिक मल्चिङ प्रविधिको प्रयोग सुरु गरिएको छ। उक्त कार्यक्रम मेलम्ची नगरपालिका कृषि विकास शाखा को सहयोगमा सञ्चालन गरिएको हो। कृषि उत्पादन बढाउने, झारपात नियन्त्रण गर्ने तथा माटोको चिस्यान जोगाउने लक्ष्यका साथ किसानहरूलाई प्लास्टिक मल्चिङ प्रविधि प्रयोगमा ल्याइएको हो। यस प्रविधि […]

The post मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग first appeared on Digital chautari.

]]>
मेलम्ची, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर ५ मा अकबरे खुर्सानी खेतीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले प्लास्टिक मल्चिङ प्रविधिको प्रयोग सुरु गरिएको छ। उक्त कार्यक्रम मेलम्ची नगरपालिका कृषि विकास शाखा को सहयोगमा सञ्चालन गरिएको हो।

कृषि उत्पादन बढाउने, झारपात नियन्त्रण गर्ने तथा माटोको चिस्यान जोगाउने लक्ष्यका साथ किसानहरूलाई प्लास्टिक मल्चिङ प्रविधि प्रयोगमा ल्याइएको हो। यस प्रविधि प्रयोग गर्दा उत्पादन वृद्धि हुनुका साथै पानीको उपयोग पनि कम हुने अपेक्षा गरिएको छ।

कृषि विकास शाखाका प्राविधिक अमर नाथ आचार्य का अनुसार प्लास्टिक मल्चिङ प्रविधिले अकबरे खुर्सानी खेतीलाई थप प्रभावकारी बनाउनेछ। उनले यो प्रविधि प्रयोग गर्दा झारपात कम हुने, माटोको चिस्यान कायम रहने र उत्पादनमा वृद्धि हुने बताए।

स्थानीय किसानहरूका अनुसार पनि यो प्रविधि प्रयोगपछि बिरुवा राम्रोसँग बढ्ने र उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ। कृषि विकास शाखाले आगामी दिनमा मेलम्ची नगरपालिकाका अन्य वडामा पनि आधुनिक कृषि प्रविधि विस्तार गर्ने योजना बनाएको जनाएको छ।

The post मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग first appeared on Digital chautari.

]]>
https://digitalchautari.com/archives/9556/feed 0