x

जेरी वान टप’ देशभर प्रदर्शन – अनमोल केसीको नयाँ अवतारमा दर्शकसँग भेट

३ कार्तिक २०८२, आईतवार ०२:२९

नेपाली फिल्म उद्योगका सुपरस्टार अनमोल केसी अभिनीत बहुप्रतिक्षित फिल्म ‘जेरी वान टप’ देशभरका प्रमुख सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा भइरहेको छ। युवापुस्ताका लोकप्रिय कलाकार अनमोल यसपटक दर्शकलाई फरक पात्र र नयाँ कथामा देखिएका छन्, ।जसले नेपाली सिनेमामा नयाँ स्वाद भर्ने अपेक्षा गरिएको छ।

फिल्मका असिस्टेन्स प्रोड्युसर विवेक थापा मेहनती, विवेकशील र नयाँ पुस्ताका ऊर्जावान निर्माता हुन्। उनले पछिल्ला वर्षहरूमा फिल्मसँगै फिटनेस र अटोमोबाइल व्यवसायमा समेत सक्रियता देखाउँदै आफ्नो व्यावसायिक बहुमुखीता प्रस्तुत गरेका छन्।

विवेक थापाले भने: “हामी नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ उचाइका साथ नेपाली फिल्म उद्योगमा योगदान दिन चाहन्छौं। ‘जेरी वान टप’ हाम्रो त्यो यात्राको पहिलो पाइला हो।”

फिल्म अहिले रिलिज भइरहँदा सामाजिक सञ्जालमा फिल्मले चर्चा र दर्शकको प्रशंसा बटुलेको छ। उत्साहजनक प्रतिक्रिया र उच्च अपेक्षासँगै, फिल्मले शुक्रबार बाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शन भइरहेको छ। आज बिहानदेखि नै सम्पूर्ण सिनेमा हलहरू हाउसफुल भइरहेका छन्।