देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत कात्तिक मसान्तसम्म ६५ जिल्लामा इन्टरनेट पहुँच पुगेको छ ।

दुई वर्षसम्म निःशुल्क रुपमा इन्टरनेट उपलब्ध गराउने गरी प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत विभिन्न परियोजना अघि बढाएको छ । त्यसमध्ये ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजना अन्तर्गत कुल १८ प्याकेज सञ्चालनमा रहेको छ । जसको कुल लागत पाँच अर्ब ६७ करोड ४६ लाख ९१ हजार रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published.