पछिल्लो एक महिनामै सरकारले २७ जनालाई आर्थिक सहायता बाँढेको छ । पुस महिनामै २७ जनालाई एक करोड १७ लाख रुपैंया बाँढिएको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।
अर्थले सार्वजनिक गरेको विवरण अनुसार बालकुमारी घटनामा मारिएका दैलेख नारायण नगरपालिका–७ का गणेशबहादुर खड्का, ललितपुर बालकुमारी घटनाका मृतकहरू अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवारलाई दश दश लाखको दरले आर्थिक सहयोग उपलव्ध गराएको छ ।
यस्तै राज्यले पाँच लाख रुपैयाँ उपलब्ध गराएकामा भोजपुरका पदमबहादुर राई, बर्दियाका खेमराज भट्ट मायालु, अर्घाखाँचीका हरिकला खनाल, रामेछापका सुशीला कुमारी गौतम र कैलालीका वीरेन्द्र जैशी रहेका छन् ।
चार लाख आर्थिक सहयोग पाउनेमा सिन्धुपाल्चोकका लिलाध्वज स्वार, अर्घाखाँचीका बाबुराम अर्याल, बाजुराका रंगलाल जैशी, कञ्चनपुरका बलदेव बोहरा छन् ।
यस्तै राज्यबाट तीन लाख पाउनेमा काभ्रेपलाञ्चोकका भक्त राना मगर, बैतडीका भुवनराज भट्ट, बैतडीका वीरसिंह भण्डारी, सुर्खेतका ओमप्रकाश अधिकारी, बर्दियाका कान्ती चापागाईं, लम्जुङका रामचन्द्र विश्वकर्मा, दाङका महेश चौधरी, काभ्रेपलाञ्चोकका रामचन्द्र मैनाली, कालिकोटका परेकबहादुर साउद, बाराका विद्यानन्द ठाकुर र दार्चुलाका जयभनासिंह धामी रहेको विवरण अर्थले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।