x

हेलम्बुमा स्वास्थ्य शिविर सुरु

१८ कार्तिक २०८२, सोमबार १३:४९


श्याम शर्मा एलशी
हेलम्बु गाँउपालिकाको आयोजना , जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय , ग्रेस बब्तिस चर्च ताईवान र फेयरमेडको सहयोग तथा मांक, बौद्ध डुनामिस चर्च र ग्याल्थुम डुनामिस चर्जको समन्वयमा हेलम्बु गाउँपालिकामा बृहत स्वास्थ्य शिविर हेलम्बु प्राथमिक अस्पतालमा सुरु भएको छ । शिविरको आज गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उद्घाटन गर्दै गाँउ गाँउमा स्वास्थ्य सुबिधा प्रदान गर्न पालिकाले कुनै कसर बाकिँ नराख्ने बताउनुभयो । शिविरमा दात,बाल रोग, स्त्री रोग , छाला सम्बन्धि र जनरल सबै रोगको परिक्षण तथा उपचार , निशुल्क औसधि बितरण ,तथा परामर्श ताईवान देशको बरिस्ठ डाक्टर तथा नेपाली डाक्टरहरुले बिमारी को अबस्था परिक्षण गर्नु भएको छ । आज पहिलो दिन १२५ जना भन्दा माथी बिमारि सेवा लिनु भएको छ। चार दिने शिबिर कार्तिक २० गते समापन हुने समन्वयकर्ता सानुकान्छा तामाङले बताउनु भयो।