हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा: पहिरोमा आधारित कृत्रिम घटना अभ्यास सम्पन्न

२५ चैत्र २०८१, मंगलवार १६:०५

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा जोखिमयुक्त समुदायमा पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यास गरिएको छ। यस अभ्यासमा अस्ट्रेलियन एड र प्राक्टिकल एक्सनको आर्थिक सहयोग साथै सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सि. डि. ई. सि. एफ) को प्राविधिक सहयोग प्राप्त भएको थियो। १० वटा समुदायमा यो अभ्यास सम्पन्न भएको छ, जसमा हेलम्बु गाउँपालिकाका बोल्दे, खर्केडाँडा, पातिङ, दलित बस्ती र पाँचपोखरी गाउँपालिकाका तिपेनी, दनुवार टोल, ढाँडखर्के, सियाले, गुन्सा र नेवार टोल समावेश छन्।

अभ्यासमा रेडक्रस र नेपाल प्रहरीको सहकार्य रहेको थियो, र यसमा दुबै पालिकाका समुदायका व्यक्तिहरूको उपस्थिति पनि महत्वपूर्ण थियो। सिन्धुपाल्चोक जिल्ला पहिरोको उच्च जोखिममा रहेको छ। यस क्षेत्रमा स्वास्थ्य र सुरक्षा सँग सम्बन्धित समस्याहरूलाई मध्यनजर गर्दै पहिरोको पूर्वसूचना प्रणालीको विकास भइरहेको छ।

प्राक्टिकल एक्सनका परियोजना अधिकृत पविना खड्काले बताउनु भयो कि, “विपद् पूर्वतयारी र प्रतिकार्य योजनाअन्तर्गत खोज र उद्धारमा प्रयोग हुने स्रोत साधनको प्रयोग र क्षमतामा अभिवृत्तिका लागि कृत्रिम घट्ना अभ्यास गरिएको हो। समुदायको भूमिका विपद्को समयमा अत्यन्तै महत्वपूर्ण छ।”

कार्यक्रममा प्राभमिक उपचार, ग्यास आगलागी नियन्त्रण, स्टेचरको प्रयोग र फस्ट एड बक्सको व्यवस्थापनका बारेमा नमुना अभ्यास गरिएको थियो, जुन फिल्ड अफिसर जमुना थापाले जानकारी दिइन्।

कृत्रिम घट्ना अभ्यासमा स्थानीय जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू, सरोकारवालाहरू, शिक्षकहरू र विद्यार्थीहरूको उल्लेख्य उपस्थिती थियो। यस्तो कार्यक्रम वर्षमा एकपटक समुदायमा गर्ने सक्यो भने प्रतिकार्यको लागि क्षमता अभिवृद्धि हुने भोटेनाम्लाङ्ग सामुदायिक विपद् व्यवस्थापन समितिको अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिनुभयो ।