सिन्धुपाल्चोक जिल्लाको प्रशासन कार्यालयको आयोजना र हेलम्बु गाउँपालिकाको सहकार्यमा, हेलम्बु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताका लाभग्राही जेष्ठ नागरिकहरूको लागि छुट राष्ट्रिय परिचयपत्र दर्ता कार्यक्रम सम्पन्न भएको छ।

सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएको व्यवस्थाअनुसार, मिति २०८२ साल जेष्ठ २६ देखि २८ सम्म विशेष दर्ता अभियान सञ्चालन गरिएको थियो। सो क्रममा कुल १९० जेष्ठ नागरिकले राष्ट्रिय परिचयपत्रका लागि दर्ता गरेका छन्।

कार्यक्रमबारे जानकारी दिँदै हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठले सामाजिक सुरक्षा भत्ता प्राप्तिमा पारदर्शिता र प्रमाणिकता कायम राख्नका लागि राष्ट्रिय परिचयपत्र अत्यावश्यक भएको बताउनुभयो ।

यो अभियानले सरकारी सेवा प्रवाहमा पहुँच बढाउने र नागरिक विवरण व्यवस्थित गर्न सघाउने अपेक्षा गरिएको छ।