१७ आश्विन २०८१, बिहीबार १५:४३
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्ची नगरपालिकाले आर्थिक बर्ष ७८÷७९को प्रारम्भीक नतिजा तयार गरि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा पठाएकोमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले गरेको मुल्याङ्क अनुसार मेलम्ची नगरपालिकाले ८९.५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा प्रथम भएको हो । जसमा नगरपालिकाले योजना बजेट तथा कार्यक्रम ब्यबस्थापनमा ९२.८६, कार्यान्वय क्षमता तथा ब्यबस्थापन ९७.९३, लेखाङ्कन तथा प्रतिवेदनमा १०० प्रतिशत ,अनुगमन मुल्याङ्कन तथा लेखा परिक्षणमा ८१.२५ र राजस्व ब्यबस्थापनमा ८५.२९ गरि ५ विषयक्षेत्रहरु गरि ९२.५ अंक दावि गरेकोमा जिल्ला समन्वय समितिले मुल्याङ्कन गरि अन्तिम नतिजामा नगरपालिकाले ८९.५ प्रतिशत प्राप्त गर्दै प्रथम भएको हो ।
जिल्ला समन्वय समितिको मुल्याङ्कन अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले ६५अंक, जुगल गाउँपालिकाले ५० अंक, पाँचपाखरी थाङपाल गाउँपालिकाले ५४ अंक, हेलम्बु गाउँपालिकाले ४१.५ अंक, चौतारा सांगाचोकगढी नगरपालिकाले ६६ अंक, बलेफी गाउँपालिकाले ६०.५ अंक, बाह्रबिसे नगरपालिकाले ६४ अंक, त्रिपुरासुन्दरी गाँउपालिकाले ६१.५ अंक, लिसंखुपाखर गाउँपालिका ५४.५ अंक र सुनकोशी गाउँपालिकाले ४२.५ अंक प्राप्त गरेका छन् । मेलम्ची नगरपालिकाले गत आर्थिक बर्ष ७७÷७८मा पनि ७१.५ अंक प्राप्त गर्दै पहिलो भएको थियो । नगरपालिकाका प्रमुख आइतमान तामाङले आगामी बर्षहरुमा पनि स्थानिय तहमा प्रथम हुनेगरी काम गर्ने बताउनुभयो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८६ प्रतिशत अंक दावि गरेको छ । स्वमूल्याङ्कनको विषयक्षेत्रहरुको समग्र स्थितिमा ९२.८६ प्रतिशत प्रक्रियागत स्थितीमा ८३.८२ परिणात्मक स्थितीमा ८४.४४ प्रतिशत अंक दावि गरेको छ । अब सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परिक्षण गरि नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने नगरपालिकाकी सुचना प्रविधी शाखा प्रमुख अर्पना श्रेष्ठले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले आगामी आर्थिक बर्षमा २ वटै मुल्याङ्कनमा ९० प्रतिशत भन्दा माथि अंक आउनेगरी काम गर्ने लक्ष्य लिइएको बताउनुभयो । नगरपालिकाका प्रमुख आइतमान तामाङले आगामी बर्षहरुमा पनि स्थानिय तहमा प्रथम हुनेगरी काम गर्ने बताउनुभयो ।
यो नगरपालिका लगातार दोस्रो पटक स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोक जिल्लामै प्रथम भएको नगर उपप्रमुख उमा प्रधानले जानकारी दिनुभयोे ।