१९ भाद्र २०८१, बुधबार १४:२८
काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ९० दशमलव ७३ अंकले घटेको छ । हिजोको तुलनामा ३ दशमलव २० प्रतिशतले घटेको सेयर बजार आज २७ सय ३९ दशमलव ४६ अंकमा ओर्लेको हो ।
हिजो र अस्ति दुई कारोबारका दिन लगातार बढेको नेप्सेमा आज भारी गिरावट आएको छ । आज कारोबारमा आएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्यो भने दुई सय १३ वटाको घट्यो ।
एक लाख ३७ हजार १ सय ६३ वटा कारोबारबाट आज दुई करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम पनि कम हो