१२ असार २०८१, मंगलवार ११:५१
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा तितेपातीबाट तेल उत्पादन सुरु भएको छ ।
गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तितेपातीबाट तेल उत्पादन सुरु भएको वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले जानकारी दिए । उत्पादित तितेपातीको तेल बहु उपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १२ हजारभन्दा बढीमा बिक्रीवितरण गर्ने सकिने कार्यक्रम सहजीकरण गर्न आएका बुद्धिरत्न डंगोलले बताए ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय जडिबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्ने बताए ।
यसबाट ईन्द्रावती ५ तथा यस भेगका नागरिकको आयआर्जनमा वृद्धिहुने लक्ष्य राखिएको छ ।