एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन सिप विकाससम्बन्धी शिक्षकका लागि दुई दिने क्षमता विकास तालिम मेलम्चीमा सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्यु नेपालको सहयोग र साझेदारी नेपालले तालिम आयोजना गरेको हो ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी सहायक निरीक्षक कुमार चौलागाईंले सहभागी शिक्षकलाई साइबर क्राइम सम्बन्धी जानकारी दिनुएको थियो ।
मेलम्चीका ६० जना शिक्षक तालिममा सहभागी रहेका कार्यक्रम अधिकृत पुष्पा भण्डारीले जानकारी दिनुभयो ।
तालिमको बारे जानकारी दिँदै नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका श्रोत विज्ञ योगबहादुर थापाले विद्यालय अनुगमन गर्दा एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन सीप अझ आवश्यक देखिएकाले तालिम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार परिणाम क्रमशः राम्रो हुँदै गएको भए पनि अझै बाँकी समस्या समाधान गर्न यस तालिम उपयोगी हुने विश्वास लिइएको छ ।
साझेदारी नेपालका अध्यक्ष मानबहादुर भुसालले प्रमाणपत्र प्रदान गर्नुभयो ।
नगरपालिकाका श्रोत विज्ञ योगबहादुर थापा, नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष कुमार खतिवडा, प्रशिक्षक श्री जनजागृति माविका प्रधानाध्यापक इन्द्रकुमार तामाङलगायतले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रममा संस्थाका सचिव कृष्ण थापाले सञ्चालन गर्नुभएको थियो ।

