x

सव स्टेशन मर्मत तथा नियमित विद्युत् आपूर्तिको माग गर्दै नेकपा (एमाले) प्रतिनिधिमण्डलद्वारा प्राधिकरण प्रमुखको ध्यानाकर्षण

१५ श्रावण २०८२, बुधबार १२:४०

काठमाडौं,— नेकपा (एमाले) स्थायी कमिटी सदस्य कमरेड शेरबहादुर तामाङको नेतृत्वमा आदरणीय नेता माधव पाण्डे, बागमती प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङ्पाल र इन्द्रावतीका अगुवा नेता तथा कार्यकर्ताहरू सम्मिलित प्रतिनिधिमण्डलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।

उक्त ध्यानाकर्षणमा मेलम्ची र वरपरका क्षेत्रमा पटक–पटक देखिएको विद्युत् अवरुद्धले आम नागरिकलाई गम्भीर सास्ती भोग्नु परिरहेको उल्लेख गरिएको छ। मेलम्चीमा नयाँ सव-स्टेशन निर्माण तथा तिपेनी सव-स्टेशनको तत्काल मर्मत गरी नियमित तथा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणसँग जोडदार माग गरिएको छ।

प्रतिनिधिमण्डलले यस समस्यालाई दीर्घकालीन समाधानतर्फ लैजानको लागि नीतिगत निर्णय तथा आवश्यक बजेट विनियोजन गर्नसमेत आग्रह गरेको छ।