१५ कार्तिक २०८२, शुक्रबार ११:०१
१४ कात्तिक, काठमाडौं ।
सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले तोकेको स्थानहदविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले शुक्रबार आदेश जारी गर्दै उनीहरूलाई स्थानहद तोक्नुको कारणबारे सरकार र जाँचबुझ आयोगलाई लिखित रूपमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।
अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिट निवेदनमा ओली र लेखकलाई काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी तोकिएको स्थानहद कानुनविपरीत भएको दाबी गरिएको थियो।
जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको सिफारिसमा सरकारले उनीहरूलाई उपत्यकाबाहिर जान नपाउने निर्णय गरेको हो।
उक्त निर्णय अनुसार तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविराज रिजालमाथि पनि स्थानहद तोकिएको छ।
तर, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि भने सरकारी कामकाजका कारण स्थानहद फुकुवा गरिएको छ ।
