ईन्द्रावती गाउँपालिकाले लक्ष्य, उद्देश्य तथा योजनाअनुसार विकास र निर्माणका कार्यहरूलाई तीव्रता दिइरहेको छ। सोही अनुगमन क्रममा गाउँपालिका अन्तर्गत वडा नं. ६ को खड्पुरेश्वर–तिनघरे–आँपचौर सडकखण्डमा कालोपत्रे कार्य भइरहेको छ।

गाउँपालिकाको प्राविधिक टोलीसहित निर्माण स्थलमा पुगेर अनुगमन तथा गुणस्तर परीक्षण गर्नु भएको छ आदरणीय गाउँपालिका अध्यक्ष झम्क नेपाल र वडा नं. ६ का वडा अध्यक्ष इन्द्र बहादुर तामाङले।

उक्त सडक कालोपत्रे भएपछि स्थानीयवासीको दैनिक आवतजावत सहज हुने विश्वास गरिएको छ। साथै, यसले क्षेत्रको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा समेत उल्लेखनीय टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

ईन्द्रावती गाउँपालिका अब समृद्धिको यात्रामा अझ दृढताका साथ अघि बढिरहेको सन्देश उक्त विकास निर्माणले स्पष्ट रूपमा दिएको छ ।