२१ चैत, काठमाडौं । शिशिर खनाल ले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन्।

काठमाडौंमा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

मन्त्री खनालले वर्तमान सरकारको नीति सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने रहेको बताए। उनले नेपालको विदेश नीति राष्ट्रिय हित, आपसी सम्मान र सहकार्यमा आधारित रहेको उल्लेख गरे।

उनले बदलिँदो विश्व परिवेशमा नेपालले आफ्नो सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई मजबुत बनाउँदै अन्तरराष्ट्रिय सम्बन्धलाई थप प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए।