१२ मंसिर २०८२, बिहीबार १६:०५
मेलम्ची नगरपालिका–९, गुफाडाँडा । श्री क्यौले ठाना आधारभूत विद्यालयमा नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाको समन्वय तथा लाइन्स क्लब अफ काठमाडौंको सहयोगमा विद्यार्थी र स्थानीय समुदायलाई न्यानो कपडा तथा ट्र्याक सुट वितरण कार्यक्रम सम्पन्न भएको छ।
बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १०४ जना विद्यार्थीलाई ट्र्याक सुट तथा विद्यालय सेवा क्षेत्रका एकल तथा ज्येष्ठ महिलाहरूलाई न्यानो कपडा वितरण गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि District 1st VDG Lions रत्न पराजुलीले भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रका विद्यालय तथा समुदायलाई सहयोग पुर्याउनु सबैको सामूहिक दायित्व भएको बताउनुभयो। उहाँले यस प्रकारको सहयोगले विद्यार्थी, अभिभावक र समुदायमा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच थपिने विश्वास व्यक्त गर्नुभयो ।



