मेलम्ची, ३१जेठ — विश्व रक्तदाता दिवसको अवसरमा मेलम्ची नगरपालिका–१३ फट्केश्वरमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन्।

नेपालथोक युवा क्लबको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी सिपाघाट उपशाखाको प्राविधिक सहयोग र मेलम्ची नगरपालिका–१३ नं. वडाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ८ महिला र ३२ पुरुष गरी जम्मा ४० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सिपाघाट उपशाखाका सभापति केशव डोटेलले जानकारी दिनुभयो।

नेपालथोक युवा क्लबकी अध्यक्ष सुस्मिता डोटेलका अनुसार कार्यक्रममा कर्मचारी, सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले बताएका छन्।