x

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा एक विशेष देउसी भैलो तथा विविध सांस्कृतिक कार्यक्रम

६ कार्तिक २०८२, बुधबार १२:०२

नेपाल संवत ११४६, शुभ दीपावली २०८२ तथा छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ काठमाडौं डाँफे द्वारा एक विशेष देउसी भैलो तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

समाजसेवी तथा सामाजिक अभियान्ता दिप खतिवडाका अनुसार, उक्त कार्यक्रम सामुदायिक विद्यालयहरूको शैक्षिक उत्थानका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको हो । यस कार्यक्रमले स्थानीय समुदायमा सहयोग र एकताको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा देशका चर्चित राष्ट्रिय कलाकारहरूको उपस्थितिसहित सांस्कृतिक प्रस्तुति रहेकाेछ ।
कार्यक्रममा भिमसेन खतिवडा , सुर्यमणी आचार्य, गिता सेन्चुरी, राधिका ढकाल, स्मृति गौतम, कुमार पौडेल, रेवन बिश्वकर्मा , गणेश भुसाल , बसन्त दंगाल, बिष्णु तामाङको प्रस्तुति रहेको छ ।
यस अवसरमा सबैलाई उपस्थित भई नेपाली संस्कृतिको संरक्षण र सामुदायिक विद्यालयको उत्थानमा योगदान दिन समाजसेवी दिप खतिवडाले हार्दिक निमन्त्रणा गरेका छन् ।