१२ मंसिर २०८२, बिहीबार १४:१२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेलम्ची नगर कमिटीको अधिवेशन मेलम्चीमा आज सम्पन्न भएको छ । केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनले रामशरण महरालाई राप्रपा मेलम्ची नगर कमिटीको अध्यक्षमा निर्वाचित गरेको छ।
सो अधिवेशनबाट २७ सदस्यीय नयाँ नगर कमिटी पनि चयन भएको क्षेत्रीय सचिव देवराज गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य उदय सापकोटा, गोपाल श्रेष्ठ, पूर्व जिल्ला अध्यक्ष , प्रदेश सांसद कुमारी तामाङ, , जिल्ला अध्यक्ष निल ध्वज थापा, तथा केन्द्रीय सदस्य जय प्रकाश गुरागाईंको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको थियो।
नेताहरूले राप्रपालाई आगामी दिनमा झनै मजबुत रूपले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

