७ भाद्र २०८१, शुक्रबार १०:४४
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संसदीय छानबिन विशेष समितिमा पुग्नुभएको छ ।
गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज दिउँसो २ बजे सोधपुछका लागि बोलाएको थियो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो ।