
१२ माघ २०८१, शनिबार १५:०७
मेलम्ची नगरपालिकाको आयोजना र जालपादेवी माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को पहिलो दिनका खेलहरू सम्पन्न भएका छन्। विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका यस कार्यक्रममा विभिन्न खेलहरूको नतिजा सार्वजनिक गरिएको छ।
खेल तथा नतिजा:
प्रमुख खेलहरूमा छात्रा र छात्रतर्फको १०० मिटर दौड, ४०० मिटर दौड, लङ जम्प, शटपुटजस्ता प्रतिस्पर्धा सम्पन्न भए। सहभागी खेलाडीहरूको प्रदर्शन उच्चस्तरीय रहेको आयोजकले जनाएको छ।
नतिजा अनुसार शीर्ष स्थान हासिल गर्नेहरू:
- १०० मिटर दौड (छात्रा):
- पहिलो स्थान: सुप्रिया तामाङ (दुर्गा माध्यमिक विद्यालय)
- दोश्रो स्थान: बालसुनार, तेस्रो स्थान: संगीता विक
- ४०० मिटर दौड (छात्र):
- पहिलो स्थान: अमृत तामाङ (तेसी माध्यमिक विद्यालय)
- दोश्रो स्थान: गणेश तामाङ, तेस्रो स्थान: गगन तामाङ
- लङ जम्प (छात्रा):
- पहिलो स्थान: कुमारी थापा मगर (सिन्धुपाल्चोक)
- शटपुट (छात्र):
- पहिलो स्थान: सुरज तामाङ (सिन्धुपाल्चोक
