मेलम्ची नगरपालिका वडा नम्बर १३ फटकशिलालाई अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा गरिएको छ।
कार्यक्रम वडा अध्यक्ष तथा शिक्षा समितिका संयोजक श्रीराम घोरासैनीको अध्यक्षतामा वडा कार्यालयमा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा कमिटी सदस्यहरू विद्यालय वडामा रहेका विद्यालयका प्रधानाध्यापक हरु विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरु शिक्षक अभिभावक संघका अध्यक्ष हरु अभिभावक विद्यार्थी समाजसेवी सामाजिक अगुवाहरू लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा भित्र ४ देखि १३ वर्ष उमेर समूहका कुनै पनि बालबालिका विद्यालयबाहिर नरहेको बताउँदै वडालाई औपचारिक रुपमा निःशुल्क तथा अनिवार्य शिक्षा वडा घोषणा गर्दै सभाध्यक्ष घोरासैनीले कार्यक्रमको समापन गर्नुभएकोफटकशिला माध्यमिक विद्यालयका शिक्षक केशव डोटेलले जानकारी दिनुभयो ।

